शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नेकपा स्थायी समिति बैठक आज पनि

नेकपा स्थायी समिति बैठक आज पनि


  • Dhorpatan News
  • पुष ६ २०७६, आइतबार

काठमाडौँ, ६ पुस –  नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज पनि फेरी बस्दै छ ।नेकपा अध्यक्ष पुष्पकमल दहाल र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन साथै विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित हुन नसकेपछि गत आइतबारदेखि जारी बैठक आज पनि फेरी बस्ने भएको हो ।पार्टी कार्यालय धुम्बाराहीमा शनिबार छैटौं दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले क्रमश: राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।पार्टी अध्यक्ष र महासचिवले दिएको प्रश्नको उत्तरबाट नेताहरु सन्तुष्ट हुन नसकेपछि हिजोको बैठक आज फेरी बस्ने गरी सकिएको थियो ।एकजना केन्द्रीय उपाध्यक्ष थप्ने र तत्काल सचिवालय सदस्यको संख्या नबढाउने निर्णयमा सहमति भएपनि औपचारिक निर्णय आजको बैठकले गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->