आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सामाजिक विकास मन्त्रालयको सहयोगमा धौलागिरीमा अक्सिजन प्लान्ट

सामाजिक विकास मन्त्रालयको सहयोगमा धौलागिरीमा अक्सिजन प्लान्ट


  • Dhorpatan News
  • पुष ७ २०७६, सोमबार

बागलुङ,७ पुस – धौलागिरी अञ्चल अस्पताल बागलुङमा अक्सिजन उत्पादनको लागि अक्सिजन प्लान्ट जडान गरिएको छ ।अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नहुँदा पोखरादेखि अक्सिजन लिएर प्रयोग गर्नुपर्ने अवस्था थियो । अस्पताल परिसरमा अक्सिजन उत्पादनका लागि ग्यास स्टेशन निर्माण गरिएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको ६१ लाख ४० हजार रुपैयाँ सहयोगमा अक्सिजन उत्पादन तथा स्टेसनको निर्माण गरिएको धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले जानकारी दिए।सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको ९४ लाख ४० हजार मध्ये ६१ लाख ४० हजारले अक्सिजन उत्पादन तथा स्टेसन निर्माण गरिएको र बाँकी ३३ लाखले बेडसम्म अक्सिजन पुु¥याउनका लागि अक्सिजन पाइप बिस्तारमा २५ लाख खर्च भैसकेको र बाँकी ८ लाखको काम बाँकी रहेको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माको भनाई छ ।
गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणको लागि गतवर्ष ३३ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने चालु आर्थिक वर्षमा ६१ लाख रुपैयाँ विनियोजन गर्ने सदस्य शर्माको भनाई छ । गतवर्षको रकमबाट ३३ लाख रुपैयाँ भुक्तानी दिए पनि अन्य रकम बाँकी रहेको छ ।
अञ्चल अस्पतालमा करिव ७० बेडमा पुुग्ने गरी अक्सिजन उत्पादन गर्न सकिने गरी अक्सिजन प्लान्ट जडान गरिएकाले अब अक्सिजनका लागि पोखरादेखि सिलिण्डर बोक्न पर्ने बाध्यताको चाडै अन्त्य हुुने शर्माको भनाई छ ।
अक्सिजन प्लान्ट एक महिनासम्म परीक्षणका लागि राखिएको समेत धौलागिरी अञ्चल अस्पतालले जानकारी दिएको छ । एक महिनाको सफल परीक्षण पछि मात्र नियमित प्रयोगमा ल्याउन सकिने अंचल अस्पतालका प्राविधिक झलक शर्माको भनाई छ । अंचल अस्पतालमा इमरजेन्सी बाहेक दैनिक १५–२० सिलिन्डर अक्सिजन प्रयोग हुँदै आएको प्राविधिक शर्माको भनाई छ ।
पोखरादेखि ल्याउन एक सिलिन्डर अक्सिजनको ६ सय ५० रुपैयाँ मूल्य रहेको छ । अंचल अस्पतालमा वार्षिक ४०–५० लाख रुपैयाँसम्मको अक्सिजन खपत हुँदै आएको छ । अस्पताल परिसरमै उत्पादन भएको अक्सिजनले अक्सिजनको खरिदको लागि वार्षिक बाहिरीने करिब ४०÷५० लाख रुपैयाँ बचत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->