पोखरा,९ पुस -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले समाजिक एकता र भातृत्व कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ईसाई धर्मालम्वीको महानपर्व ख्रीष्टमस डे को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले सबैमा सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन । देश संवैधानिक रुपमा धर्मनिरपेक्ष राष्ट्र भएको दृष्टान्त दिँदै उनले धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता बनाइराख्न पनि विविधतायुक्त चाडपर्वले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘ख्रीष्टमस पर्वले समेत विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु’मुख्यमन्त्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । उनले शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन यस्ता चाडपर्वले सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।





