बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एन्ड्रोइडको तुलनामा आइफोन १ सय ६७ गुणा असुरक्षित

एन्ड्रोइडको तुलनामा आइफोन १ सय ६७ गुणा असुरक्षित


  • Dhorpatan News
  • पुष १५ २०७६, मंगलबार

एप्पलको आइफोनको प्रयोगकर्ताहरूका लागि दुखद् खबर छ । हालै प्रकाशित एक रिपोर्ट अनुसार अन्य ब्राण्डका स्मार्टफोनहरूको तुलनामा आइफोन साइबर सुरक्षाको दृष्टिकोणबाट अत्यधिक असुरक्षित भएको पाइएको छ ।रिपोर्ट अनुसार एन्ड्रोइड स्मार्टफोनको तुलनामा आइफोन ह्याक हुने जोखिम १ सय ६७ गुणा अत्यधिक रहेको छ ।
स्मार्टफोनको खोल बनाउने बेलायती कम्पनी केस डट ट्वान्टीफोरले गरेको अध्ययनले आम धारणाविपरीत आइफोन निकै असुरक्षित रहेको देखाएको हो । बेलायती प्रयोगकर्ताले गर्ने गुगल सर्चको मासिक सर्च भोल्यूम डाटा संकलनपश्चात् गरिएको विश्लेषणका आधारमा कम्पनीले रिपार्ट तयार गरेको हो । प्रयोगकर्ताले स्मार्टफोन ब्राण्ड तथा कुनै एपलाई ह्याक गर्न कसरी सकिन्छ भन्ने बारेमा गुगलमा गरेका सर्चको तथ्यांकलाई कम्पनीका शोधकर्ताहरूले अध्ययनको आधार बनाएका थिए ।रिपोर्ट अनुसार १० हजार ४० जना प्रयोगकर्ताले आइफोन कसरी ह्याक गर्ने ? भन्ने कुरा गुगलमा खोजी गरेका थिए ।त्यस्तै सामसुङका स्मार्टफोन ह्याक कसरी गर्ने ? भन्ने कुराको खोजी गर्नेको संख्या चाहीँ जम्मा ७ सय मात्रै थियो ।
एलजी, सोनी र नोकिया ह्याक कसरी गर्न सकिन्छ ? भन्ने उपाय खोज्नेहरूको संख्याचाहिँ सबैभन्दा कम पाइयो । यीमध्ये पनि सोनी कम्पनीका स्मार्टफोन ह्याक गर्ने उपाय खोजी गर्नेको मासिक संख्या ५० भन्दा पनि कम रहेको पाइयो ।
इन्स्टाग्रामलाई सर्वाधिक जोखिम
फोटो शेयरिङ एप इन्स्टाग्राम सबैभन्दा धेरै ह्याकरहरूको तारो बनेको पाइएको छ । उक्त अध्ययन अनुसार १३ हजार ३१० प्रयोगकर्ताले कसै न कसैको इन्स्टाग्राम अकाउन्ट कसरी ह्याक गर्ने भन्ने तरिकाका बारेमा गुगलमा खोजी गरेको पाइयो ।धेरै मानिसले ह्याक गर्न चाहने एपको दोस्रो स्थानमा स्नापच्याट रहेको छ भने तेसो स्थानमा ह्वाट्सएप रहेको छ ।त्यस्तै, कम जोखिम भएका अन्य एपहरूमा फेसबुक, अमेजन र नेटफ्लिक्स रहेका छन् । फेसबुक ह्याक गर्ने उपायको बारेमा १ हजार १ सय २० जनाले गुगलमा खोजी गरे भने अमेजनका बारेमा १ हजार ७० जनाले खोजी गरेका थिए ।शोधकर्ताहरूका अनुसार नेटफ्लिक्सको तुलनामा इन्स्टाग्राम अकाउन्ट ह्याक हुने सम्भावना १६ गुणा धेरै छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->