काठमाडाैं,२० पुस – नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते सम्मका लागि सरेको छ ।आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको हो । बैठकले यसअघि पुस २३ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने गरी मिति सार्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।राष्ट्रियसभाको निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठकको मिति केही पछि सारिएको उनले बताए ।





