शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

देउवालाई दबाब दिन पौडेलले बोलाए सभापति भेला

देउवालाई दबाब दिन पौडेलले बोलाए सभापति भेला


  • Dhorpatan News
  • पुष २१ २०७६, सोमबार

काठमाडौं,२१ पुस – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापतिहरुको भेला बोलाएको छ । भेलामा पूर्व महामन्त्री कृष्ण सिटौला समूह पनि सामेल हुने भएको छ । धनकुटामा रहेका सिटौला भने आउने, नआउने टुंगो छैन ।सभापति शेरबहादुर देउवाले बहुमतको बलमा पुस ११ को केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र दरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल र सिटौला पक्षले त्यसको विरोध गर्दै आएका छन् । इतिहासमा पहिलोमै पहिलो पटक बहुमतबाट महाधिवेशनको कार्यतालिका तोकेर विधान निलम्बन गरेर गलत नजिर स्थापित गरेका
उनीहरुको आरोप छ ।पौडेल–सिटौला पक्षले पुस ११ को निर्णय सच्याउनुपर्ने बटमलाइन अघि सारेको छ । त्यसैको लागि दबाब दिन जिल्ला सभापतिहरुकने भेला बोलाएका हुन् । ४० जिल्ला भन्दा बढीका सभापति पौडेल र सिटौला पक्षका छन् । जिल्ला सभापतिले निर्णयबाट देउवालाई ठूलो दबाब पर्ने पौडेल–सिटौला पक्षको बुझाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->