बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एसिड आक्रमण बिरुद्धको जनचेतना जगाउन चलचित्र

एसिड आक्रमण बिरुद्धको जनचेतना जगाउन चलचित्र


  • ढोरपाटन संबाददाता
  • पुष २८ २०७६, सोमबार

पोखरा,२८ पुस – हिंसा कुनै सिमानाको परिभित्र हुदैन । संसारमा महिलाहरु माथी हुने हिंसाका प्रकारहरु सबै एकै खालका छन् । महिलाहरुलाई उपभोग्य बस्तुको रुपमा हेर्ने दृष्टीकोण प्राय सबै समाजमा छ । महिलामाथी हुने बर्बर प्रकारको हिंसा दक्षिण एशियाका देशहरुमा हुने गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा महिला माथी बिभिन्न प्रकारका हिंसा र ठूलठूला अपराधिक घटनाहरु हुने गरेका छन् । त्यसैको सिको नेपालमा पनि बेलाबेलामा महिलामाथी अपराधिक घटना हुने गर्दछ । भारतमा महिला माथी एसिड आक्रमणका घटनाहरु उल्लेख्य रुपमा हुने गरेको छ । भारतमा गएको पांच बर्षको अन्तरालमा एक हजार पाच सय महिला एसिड आक्रमणबाट पीडित भएका छन् । नेपालमा पनि एसिड आक्रमणबाट पीडित हुनेहरुको संख्या प्रसस्तै छ । संख्यात्मक आधारमा सानो ठूलो जे भए पनि त्यसको क्ष्यति नै सबै भन्दा ठूलो कुरा हो । यस्ता खालका घटनाहरु हाम्रो नेपाली समाजमा कम गराउदै लैजान जनचेतना जगाउने उद्देश्य महिला हक अधिकारको क्षेत्रमा कार्यरत संस्था जेण्टा क्लव अफ पोखराले आईतबार एसिड आक्रमणबाट पीडित महिलाहरुको कथामा आधारित छपाक नामक हिन्दी चलचित्र प्रदर्शन गरेको थियो । क्लवले समाजका अभियन्ता महिला अधिकारकर्मि र राजनैतिक कार्यकर्ता माझ निशुल्क रुपमा प्रर्दशन गरेको थियो ।

लक्ष्मी अग्रवाल भन्ने स्कुलकी छात्रालाई नजिकैको छिमेकी केटाले आफुलाई मन नपराएको कारण एसिड प्रहार गरिएको बिषयबस्तुलाई समेटिएको छ । चलचित्रको कथामा एसिडको बिक्रीका कारण आक्रमण हुन नरोकिएकोले बजा।रमा बिक्री गर्न रोक लगाउन भारतको सुप्रिमकोर्टमा रिट दायर गरेको र फैसला पश्चात पनि एसिड आक्रमणले निरन्तरता पाएको बिषय समेटिएको छ । बास्तवमा हाम्रो देशमा पनि एसिडको बिक्री खुल्मखुल्ला हुने गरेको कारण प्रेमिका, पत्नी वा यौनसम्बन्ध राख्न इन्कार गरेका कारण महिलामाथी एसिड प्रहार भएको जोण्टा क्लव पोखराका अध्यक्ष लिना गोसलीले बताईन् उनले भनिन ‘महिला माथी हुने हिंसा र अपराध बोर्डलेस क्राईम भएकोले सचेतनाका लागि जहाको घटना प्रस्तुत गरे पनि हुन्छ । एसिड अट्याक सर्भाइवर जहा पनि छन् नेपालमा पनि भारतमा पनि यो जनचेतना जगाउने प्रभावकारी माध्यम पनि हो । ’ उनले भनिन् । छपाक चलचित्र हेर्न सभागृचोकको मिडटाउन हल दर्शकहरुले खचाखच भरिएकोे थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->