आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अबको ध्यान समृद्धिका लागि : अध्यक्ष थापा

अबको ध्यान समृद्धिका लागि : अध्यक्ष थापा

अखिल नेपाल महिला संघ बागलुङले बिहीबार बागलुङ बजारमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७६, बिहिबार

बागलुङ, २ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित अखिल नेपाल महिला संघका केन्द्रीय संयोजक अमृता थापा मगरले राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले अबको सम्पूर्ण ध्यान आर्थिक समृद्धितर्फ केन्द्रीत गर्नु पर्नेमा जोड दिएकी छिन ।
अखिल नेपाल महिला संघ बागलुङले बिहीबार बागलुङ बजारमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै संयोजक थापाले सरकारले ल्याएको सुखी नेपाली : समृद्ध नेपालको अभियान सफल पार्न पार्टीका भातृसंगठनहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिइन ।
सरकारले दीर्घकालिन योजनाका साथ काम गरिरहेको भन्दै उनले सरकारले गरेका राम्रा काम जनताका बीचमा पु¥याउने जिम्मेवारी कार्यकर्ताहरुको भएको बताइन । सरकारलाई असफल बनाएर अस्थिरता निम्त्याउन चाहनेहरुका योजना पुरा हुन नदिन पार्टीका सम्पूर्ण पंक्तिलाई सक्रिय बनाउनु पर्ने उनको भनाइ थियो ।
संविधानले राज्यको सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ, पार्टी लगायत सबै ठाउँमा संविधानको व्यवस्था कार्यान्वयन गराउने र आगामी दिनमा ५१ प्रतिशत सहभागिताका लागि जुट्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माले महिलाहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्दै समाज रुपान्तरणका अभियान अगाडि बढाउन आवश्यक रहेको बताइन । पार्टीले जिल्लास्तरमा सञ्चालन गर्ने कार्यक्रमहरु सक्रिय सहभागिता हुनुका साथै नेतृत्व लिनका लागि महिलाहरु सदैव तत्पर हुनु पर्नेमा उहाँले जोड दिइन ।
कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य ममतादेवी शर्माले पार्टी एकीकरण अभियानलाई छिटो भन्दा छिटो टुंगोमा पु¥याइ सबै नेता कार्यकर्तालाई जिम्मेवारी दिएर पार्टी अभियान अगाडि बढाउनु पर्ने बताईन । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कुसुम बुढाले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->