बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फेसबुकमा ‘लगइन नोटिफिकेसन’ फिचर शुरू

फेसबुकमा ‘लगइन नोटिफिकेसन’ फिचर शुरू


  • Dhorpatan News
  • माघ ४ २०७६, शनिबार

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एक नयाँ फिचर लञ्च गरेको छ ।फेसबुकमा सुरु भएको लगइन नोटिफिकेसन्स फिचरसँगै अब प्रयोगकर्ताले कुनै पनि नयाँ डिभाइसबाट आफ्नो अकाउन्ट लगइन हुँदा त्यसको नोटिफिकेसन प्राप्त गर्नेछन्।त्यस्तै फेसबुक लगइनबाट कुनै थर्ड पार्टी एपमा लगइन हुँदा पनि प्रयोगकर्तालाई सूचना प्राप्त हुनेछ । जसबाट प्रयोगकर्ताले आफ्ना फेसबुक अकाउन्टका डाटाहरु थर्ड पार्टी एपसँग सेयर भइरहेको छ भन्ने थाहा पाउन सक्दछन् ।यसले फेसबुक प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने तथा डाटा चोरी हुने खतरामा कमी आउने दाबी गरिएको छ ।प्रयोगकर्ताहरुलाई आफ्ना सूचनामाथि थप पकड कायम गर्नका लागि नयाँ फिचरले सहयोग पुर्‍याउने दाबी फेसबुकको छ ।
फेसबुकको डेभलपर ब्लग पोष्टमा भनिएको छ, ‘लगइन नोटिफिकेसन्स फिचरले प्रयोगकर्तालाई आफ्ना डाटा तथा थर्ड पार्टी एपमा सेयर गरिने जानकारीमाथि आफ्नो नियन्त्रण कायम गर्नका लागि स्मरण गराउनेछ । प्रयोगकर्ताले सजिलैसँग सेटिंग्समा गएर यसलाई कन्ट्रोल गर्न सक्नेछन् र आफ्ना डाटामाथि अर्को पक्षको पहुँच अनुमतिमा परिवर्तन गर्न सक्नेछन् ।’

यस वर्ष अरू पनि युजर कन्ट्रोल फिचरहरु थप गरिने फेसबुकले जनाएको छ । हालै फेसबुकले आफ्नो प्राइभेसी चेकअप टूल अपडेट गर्दै त्यसमा चार नयाँ फिचर्स थप गरेको थियो ।
लगइन नोटिफिकेसन्स फिचरअन्तर्गत प्रयोगकर्तालाई उनीहरूको इमेल तथा फेसबुक एप मार्फत नोटिफिकेसन पठाइनेछ । उक्त नोटिफिकेसनमा थर्ड पार्टी एपमा के कुरा सेयर गरिँदैछ भन्ने कुरा उल्लेख हुन्छ । नोटिफिकेसन प्राप्त भएसँगै त्यसलाई क्लिक गरी फेसबुकको इडिट सेटिङमा आफ्नो जानकारीमा एपको पहुँचलाई हटाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->