शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड सहमत

अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड सहमत


  • Dhorpatan News
  • माघ ५ २०७६, आइतबार
काठमाडौं,५ माघ  – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत भएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो ।यद्यपि आइतबारै अपराह्न बस्ने पार्टी सचिवालयको बैठकले सभामुखबारे निर्णय लिने बताइको छ । “सभामुखको उमेदवार टुंगो लगाउन दुई अध्यक्ष सहमत हुनुभएको छ । चार बजे बसे बस्‍ने सचिवालय बैठकले पात्र तोक्ने छ,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने ।सभामुखको उमेदवारको विषयमा दुई अध्यक्ष सहमतिमा पुग्न सकेका थिएनन् । पार्टी एकताअघिकै भागवण्डाअनुसार सभामुख टुंग्याइनुपर्ने भन्दै पूर्वमाओवादी केन्द्रले अडान राख्दै आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->