शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विकासको लागि बजेट माग्न नपाउने मैले ? : सभासद थापा

विकासको लागि बजेट माग्न नपाउने मैले ? : सभासद थापा


  • Dhorpatan News
  • माघ ९ २०७६, बिहिबार

पोखरा,९ माघ – कास्की क्षेत्र नं. २ प्रदेश ‘ख’ बाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद विन्दुकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारले एउटै विकासका योजना नदिएको आरोप लगाएका छन् ।
‘सरकार ( गण्डकी) ले ल्याएको ३२ अर्बको बजेटमा के मेरो निर्वाचन क्षेत्रका जनताको हक छैन ?’, उनको भनाई छ,‘दामासाहीले बाँढ्ने हो भने पनि मेरो क्षेत्रमा करिब ९० करोड बजेट चाहिन्छ ।’ उनले आफू प्रतिपक्षी दलबाट सभासद बनेकाले नै निर्वाचन क्षेत्रमा नै बजेट नदिइएको जिकिर गरे । उनको क्षेत्रमा महानगरमा पछि थपिएका गाउँविकास पनि रहेका छन् । जहाँ वर्खामा मोटर नै जाँदैन । उनले आफ्नो क्षेत्रका जनतामाथि विभेद गरेको आरोप लगाउँदै आफूले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका तर्फबाट दिइएको २ करोड बजेट अन्य दलका सभासदसँग छलफल गरेर विकासमा लगाइएको बताए । सांसद थापा बुधबार आफूले सभासदको रुपमा पाएको तलब÷भत्ता तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाबारे पत्रकारसँग बोल्दै थिए । उनले आफ्नो क्षेत्रमा धेरै उद्यागी व्यापारीहरु रहेको र राजश्व पनि बढी उठ्ने तर्क गर्दै भने,‘सबैभन्दा बढी कर उठ्ने क्षेत्रको विकास निर्माणको लागि बजेट बिनियोजन गर्न सरकालाई कस्ले रोकेको छ ?’उनले निर्वाचनमा घोषणा गरेअनुसार आफूले पाएको तलब सबै सामाजिक सेवामा खर्च गरेको जानकारी दिए ।
उनले २०७५ फागुनदेखि पुस २९ गतेसम्म पाएको ९ लाख ३ हजार ७ सय १ रुपैयाँ तलब÷भत्ता विभिन्न २७ वटा संस्था र विकास निर्माणको काममा बितरण गरेको जानकारी दिए । उनका अनुसार आवश्यकता र मागको आधारमा रकम बितरण गरिएको हो । उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत वडा नम्बर ४ मा तीनवटा परियोजनालाई २० लाख,वडा नम्बर ८ अन्तर्गत ४ परियोजनालाई ३८ लाख,वडा नम्बर ९ मा ३ वटा कार्यक्रमलाई २२ लाख, वडा नम्बर ११ मा ३ वटा योजनालाई २५ लाख ५० हजार,वडा नम्बर १६ मा ६२ लाख ५० हजार र वडा नम्बर २० ३७ लाख विनियोजन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->