आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जन्मदिनको अबसरमा मानवसेवामा सहयोग

जन्मदिनको अबसरमा मानवसेवामा सहयोग


  • Dhorpatan News
  • माघ १० २०७६, शुक्रबार

बागलुङ, १० माघ– यहाँका एक युवाले बैदेशिक रोजगारीबाटै आफ्नो जन्मदिनको अबसरमा सामाजिक सेवा गरेका छन् ।
काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका रुद्र गौतमले जन्मदिनको अबसर पारेर बागलुङमा रहेको मानवसेवा आश्रममा आबस्यक पर्ने सामाग्री सहयोग गरेका हुन् । कोरियामा कार्यरत उनले पठाएको ५ हजार रुपैयाँ नगदबाट आश्रममा आबस्यक पर्ने आलु, बन्दागोभी, गोलभेडा, खुर्सानी लगायतको तरकारी सहित चाउचाउ, चिया, बिस्कुट, मसला र फुरनदाना लगायतको सामाग्री खरिद गरेर हस्तान्तरण गरिएको हो ।
परिवारका सदस्यको तर्फबाट पिप्ला गौतम र उनका सहकर्मी रन्जिता शर्मा तथा बिबश शर्मा आश्रममा पुगेर सामाग्री हस्तान्तरण गरेका थिए । उनको सहयोग प्राप्त भएपछि आश्रमकी संचालक सुमिला लामाले बैदेशिक रोजगारीमा बसेर पनि समाजसेवामा लागेकोमा धन्यवाद व्यक्त गरिन् । गौतम दुइ बर्ष अघि सम्म ढोरपाटन दैनिकको बजार प्रमुखको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->