शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रचण्ड पोखरामा

प्रचण्ड पोखरामा


  • ढोरपाटन संबाददाता
  • माघ २२ २०७६, बुधबार

पोखरा,२२ माघ – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार पोखरा आएका छन् । पोखराको रातोपैह्रोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको विश्वशान्ति पूजामा भाग लिन उनी पोखरा आएका हुन् । संग्रहालयमा देखि सुरु भएको विश्वशान्ति पूजा बुधबार सकिँदैछ । पोखरा आएका उनी मंगलबार पोखरा महानगरपालिका वडा नम्बर ११ मा पर्ने काहुँडाँडा पनि पुगे । फुर्सदको समयमा उनले काहुँडाँडाबाट पोखराको अवलोकन गरेको प्रेस संगठनका गण्डकी सहसंयोजक त्रिभुवन पौडेलले जानकारी दिए । पोखरामै बस्ने गरि आएका उनीसँग पार्टीका कार्यकर्ताले भेटघाट गरेका थिए ।नेपाल पर्वतारोहण संघ अन्नपूर्ण च्याप्टरका अध्यक्ष कृष्ण काफ्लेका अनुसार पूजाको मुख्यदिन बुधबार भक्तहरुलाई वाङ (प्रसाद ) खुवाइने छ । प्रमुख अतिथि प्रचण्डले पूजासँगै आयोजित समापन कार्यक्रमलाई संवोधन गर्नेछन् भने त्यसपछि संग्रहालयको वार्षिकोत्सव मनाइनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->