शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सरकारका प्रवक्ताद्वारा कांग्रेसको आरोप अस्वीकार

सरकारका प्रवक्ताद्वारा कांग्रेसको आरोप अस्वीकार


  • Dhorpatan News
  • माघ २३ २०७६, बिहिबार

काठमाडौं,२३ माघ – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेको विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गरेका छन् ।अख्तियारले बुधबार मात्र गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेको थियो । राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको छ ।
तर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले भने यो मुद्दामा कुनै पूर्वाग्रह नराखिएको बताए । ‘यहाँ लाला फित्ताधारी र स्वेत फित्ताधारीको व्यवहार भएको छैन । यो कानुन प्रयोजनको कुरा हो’ उनले भने ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटोले भने, आरोप र पूर्वाग्रह स्वीकार गर्नुपर्दैन । तथ्य त स्वीकार गर्नुपर्‍यो नि । तथ्य नै गलत छन् भने उहाँले अदालतमा राख्नुपर्‍यो र आफू निर्दोष प्रमाणित भएर आउनुपर्‍यो । फेरि सरकारले समातेर लगेर तँ दोषी नै होस् भनेर सरकारले करार गर्दैन ।’
‘दोषी ठहर हुनुभयो हाम्रो के लाग्छ र ?’ उनले अघि भने ।मन्त्री बास्कोटाले अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने बताए ।
‘प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ । अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ । त्यो नै सरकारले कार्यान्वयन गर्ने हो । दोषी ठहरिनु भयो भने त के लाग्छ त बाबा ? हामी केही पनि गर्न त सक्दैनौं’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->