मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ह्वावेको नयाँ फोन वाई सिक्स

ह्वावेको नयाँ फोन वाई सिक्स


  • Dhorpatan News
  • माघ २४ २०७६, शुक्रबार

काठमाडौं,२४ माघ –  ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ।वाई सिक्स एसमा ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको छ।वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्समा पनि सर्वोत्कृष्ट गेमिङ तथा विशिष्ट अडियो तथा भिडियो र फोटोग्राफी फिचर्सहरु रहेका छन्।
ह्वावे वाई सिक्स एसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न स्लट जडान गरिएको छ। अत्याधुनिक हार्डवेयर तथा सफ्टवेयर समावेश छ।
यसमा अक्टा–कोर प्रोसेसर जडान गरिएको छ।वाई सिक्स एसमा ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको छ। यसमा रहेको फ्रन्ट क्यामरा, एम्बियन्ट लाईट सेन्सर, सुपरस्लीम रिसिभर सबै सानो आकारमा रहेको छ।वाई सिक्स एसमा आँखाका लागि सहज हुने विशेषता आई कम्फर्ट मोड रहेको छ।ह्वावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामराले हाई रेजलुसनसहितको स्पष्ट फोटो खिच्ने गर्दछ। यस स्मार्टफोनमा भएको एफ १.८ एपर्चर लेन्सले सुधारिएको लाइट सेन्सिभिटी रहेको छ, जसमा अन्य बजेट फोनहरू भन्दा निकै उत्कृष्ट क्षमता रहेको छ ।
ह्वावे वाई सिक्स एसमा ८ एमपीको फ्रन्ट क्यामरा रहेको छ। स्क्रीन लाईटयुक्त स्मार्टफोनमा फोटोग्राफीका हिसाबले अनुपयुक्त अवस्थामा पनि क्यामराको क्षमतालाई बढाई उत्कृष्ट फोटो खिच्ने सकिन्छ।ह्वावे वाई सिक्स एसमा ३०२० एमएएच क्षमताको ब्याट्री जडित छ। यसमा भएको एआई पावर सेभिङ टेक्नोलोजीले ब्याट्री लाईफलाई टिकाउ बनाउँछ।
फोनको सुरक्षाका लागि फेस अनलकिङ र फिङ्गर प्रिन्ट जडान गरिएको छ।
३ जिबीं ६४ जिबीयुक्त ह्वावे वाई सिक्स एसको बजार मूल्य १४ हजार ९९० तोकिएको छ। जुन नेपालभर उपलब्ध छ। यो फोन दुई वटा रंगहरूमा उपलब्ध छन्ः ती कालो र नीलो हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->