पोखरा,२८ माघ – तत्कालीन नेकपा माओवादी र एमालेको पार्टी एकताको दुईवर्ष बितिसक्दा पनि पार्टी एकिकरणले अझै टुंगो पाउँन सकेको छैन । यद्यपि, जिल्ला तहमा भने पार्टी एकताले करिब—करिब पूर्णता पाएको संकेत मिलेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी ओलीले पालैपालो सरकारको नेतृत्व लिने गरि भएको पार्टी एकता, सम्झौता पालना नहुँदा बेलाबेला नेकपा फेरि फुट्ने हो कि ? भन्ने संशय जनमानसमा नउब्जेको भने होइन । कहिले कार्यकारी अध्यक्ष त कहिले सभामुख साँटासाँट, पदीय भागबन्डा गर्दै पार्टी एकता जोगाएको भान पनि नेकपालाई नियाल्दा देखिन्छ ।
तर, नेकपा कास्कीका नेताहरु भने पार्टी एकताले पूर्णता पाउन थालेको दाबी गर्छन् । आइतबार मात्रै नेकपा निकटका प्रेस संगठन र प्रेस चौतारी कास्कीको एकता भएको छ ।
नेकपाका कास्की जिल्ला ईन्चार्ज राजकाजी गुरुङका अनुसार कास्कीमा जिल्ला र वडातहमा एकता प्रक्रियाले लगभग पूर्णता पाइसकेको छ । एकतापछिका कामहरुलाई पनि गति दिन आफूहरु लागि परेको उनले बताए । ‘जिल्ला र वडामा एकताका कामहर लगभग सकिइसकेका छन्’, उनले भने, ‘लगत्तै बैठक बसेर पार्टीका बाँकी कामहरु गर्ने तयारीमा छौं ।’
मंसिरमा सम्पन्न उपचुनावमा राजकाजी पनि उम्मेद्वारको रुपमा प्रत्याशी थिए । जिल्लाबाट रवीन्द्रपत्नी विद्या भट्टराईको एकल नाम सिफारिस भए पनि प्रदेशबाट राजकाजी र सोमनाथ प्यासीको नाम सिफारिस भएको थियो ।
राजकाजीको कुरा गराइबाट प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा केन्द्रबाट छनौट नभए पनि तुष पालेको जस्तो देखिन्न । उनी पार्टी अ्रध्यक्ष पुष्पकमल दाहालले पोखरामा हालै संचारकर्मीमाझ बताएजस्तै ‘अन्तरघुलित’ भएको देखिन्छन् । बाँकी एकता र पार्टीले निर्देशन दिएका काम पूरा गर्न आफूहरु लागि परेको उनले बताए ।
नेकपाका कास्कीका अध्यक्ष कृष्ण थापाले एकताको काम टुंगोमा पु¥याउँन आफूहरु लागि परेको बताए । एकताका धेरैजसो कामहरु सकिए पनि केही काम बाँकी रहेको उनको भनाई छ । ‘अरु गतिविधिहरु त हामीले अघि बढाइरहेका छौँ’, उनले भने,‘हिजो मात्रै प्रेस चौतारी र प्रेस संगठनको एकता घोषणा ग¥यौँ । धमाधम एकताका काम अघि बढिरहेका छन् ।’
वडा एकताका सबै कामहरु पूरा भइसके पनि जिल्लामा भने पार्टी एकताले पूर्णता नपाएको उनले बताए । जिल्लामा सचिवालय, कार्यालय र गाउँमा एकताका कामहरु केही बाँकी रहे पनि एकता प्रक्रिया टुंगोमा पुग्न लागेको उनले जानकारी दिए । कास्कीका साबिक एमालेबाट पूर्वकमिटीहरु पहिलेदेखि सक्रिय भएको हुनाले सजिलो भए पनि माओवादीको तर्फबाट नहुँदा समय लागेको उनले बताए । ‘कास्कीको हकमा साबिक एमालेको तर्फबाट कमिटीहरु पहिलेदेखि नै छन्, तिनै कमिटीका सदस्यहरु एकतामा जान्छन्, त्यसकारण पनि सजिलो छ,’ उनले भने,‘माओवादीको त्यो नहुनाले अलि समय लागेको हो ।’
एकता प्रक्रियालाई छिट्टै टुंगोमा पु¥याउँन लागि परेको उनले बताए । एकताका ७० प्रतिशत काम बाँकी रहेको र एकता प्रक्रिया छिट्टै टुंगोमा पु¥याउने उनले दोहो¥याए । नेतृत्वबाट पूर्वएमाले र माओवादी केन्द्र एकताबद्ध भएको दाबी गर्दै आए पनि, एकतासँगै विभिन्न कमिटिमा सदस्य संख्या थपिए पनि मनदेखि एकता नभएको सुन्नमा आइरहन्छ । नेकपाको हालै सम्पन्न केन्द्रीय कमिटिको बैठकले पार्टीका कार्यकर्तालाई जनतासँग जोड्न र जनप्रतिनिधिहरुलाई पनि पार्टीको निर्देशन अनुसार विकास निर्माणमा लाग्न निर्देशन दिनेगरि ३ महिने अभियान चलाउने निर्णय आइसक्दा पनि पार्टी एकता अल्झिरहनुले भने नेकपाभित्र अझै मन र भागबण्डा नमिलेको भान हुन्छ ।





