बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीलाई क्लाउड सेवा दिने

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीलाई क्लाउड सेवा दिने


  • Dhorpatan News
  • माघ २९ २०७६, बुधबार

काठमाडौं,२९ माघ –  एनसेलले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ टुल सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ। राजधानीमा गत साता आयोजित एक कार्यक्रमकाबीच विभिन्न बै‌ंक, व्यवसायिक घराना, एनजीओ, आईएनजीओका २५० भन्दा बढी प्रतिनिधि तथा अधिकारीहरुको उपस्थितिमा एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो।

यो समझदारी अन्तर्गत एनसेलले माइक्रोसफ्टका तीन सेवाहरु अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स उपलब्ध गराउन आफ्नो ध्यान केन्द्रित गर्नेछ।कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, ‘सहकार्य गर्ने प्रद्धति व्यापक रुपमा परिवर्तन भइरहेको छ।’ दक्षिण एसियाका माइक्रोसफ्टका चिफ पार्टनर अफिसर आन्हफाका अनुसार नेपालमा रहेका ग्राहकहरुलाई प्रत्यक्ष रुपमा क्लाउड सेवा प्रदान गर्ने गरी एनसेलसँग सहकार्य थालिएको हो। यस रणनीतिक सहकार्य पश्चात ग्राहकले एनसेलको आधुनिक नेटवर्क सेवाहरु र माइक्रोसफ्टका नयाँ कोलाबोरेसन र कम्युनिकेसन सोलुसनहरु लिन सक्नेछन्। यी सेवाहरुले कर्मचारीहरुको उत्पादकत्व बढाउन योगदान गर्नेछ प्रमुख कार्यकारी अधिकृत चोङ्गले बताए।

यी सेवाले नेपालका साना तथा ठूला सबै व्यवसायहरुलाई उनीहरुको लक्ष्य प्राप्ति गर्न सहगोग पुर्‍याउने एनसेनलले विश्वास लिएको चोङ्गले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->