सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

चार हजार विद्यार्थीले अवलोकन गरे कखरा वृत्तचित्र

चार हजार विद्यार्थीले अवलोकन गरे कखरा वृत्तचित्र


  • Dhorpatan News
  • माघ २९ २०७६, बुधबार

पोखरा, २९ माघ – युनाईटेड क्लवको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा शिक्षामुलक सन्देश प्रदान गर्ने वृत्तचित्र कखरा पोखरामा प्रदर्शन गरिएको छ । राम्रो शिक्षा प्रदान गर्नका लागी विद्यार्थी, अभिभावक र विद्यालयको महत्व कस्तो हुनुपर्दछ भन्ने सन्देश प्रदान गर्ने उक्त वृत्तचित्र प्रदर्शनीमा पोखराका झण्डै चार हजार विद्यार्थीले अवलोकन गरे । पोखराको श्रीकृष्ण सिनेमा हल र कान्तिपुर पार्टी प्यालेसमा विद्यार्थीहरुलाई लक्षित गरी कखरा वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

वृत्तचित्र प्रदर्शनीको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य गायत्री गुरुङले युनाईटेड क्लवले सामाजिक कामको माध्यामबाट पोखरामा छुट्टै नाम स्थापित गर्दै आइरहेको र पोखरामा चिडियाखाना निर्माणको काम गरी नेपाल सरकारले चालेको समृद्धीको पाइलातर्फ अगाडी वढिरहेको र उक्त अभियानलाई प्रदेश सरकारले समेत साथ दिएको वताइन ।

चिडियाखाना संगै पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद र सेतीनदीको संरक्षणमा लागी रहदा हाल आएर शिक्षामुलक वृत्तचित्रको प्रदर्शन गरी विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई एकैठाउमा भेला बनाएर शिक्षामुलक वृत्तचित्र प्रदर्शन गरी सवैलाई सचेत वनाउने काम गरेकोमा गुरुङले धन्यवाद ब्यक्त गरिन ।

सो अवसरमा वोल्दै युनाईटेड क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक राजु श्रेष्ठले क्लवले सामाजिक काम संगै शिक्षा क्षेत्रमा पनि केही गर्नुपर्छ भनेर विशेषगरी सामुदायिक विद्यालयहरुमा अक्षयकोष तथा छात्रवृत्ति संगै शैक्षिक सामाग्रीहरु वितरण गर्दै आइरहेको र पछिल्लो समय विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनलाई लक्षित गरी निर्माण गरिएको वृत्तचित्र प्रदर्शनी गरेर सचेतना फैल्याउने काम गर्दै आइरहेको वताए ।

नवौ संस्करणको पोखरा महोत्सव देखी महोत्सव स्थलभित्र र हालै मात्र पोखरामा श्रीकृष्ण हल र कान्तिपुर पार्टी प्यालेसमा गरी झण्डै ४ हजार विद्यार्थीहरुले वृत्तचित्र अवलोकन गरेको समेत श्रेष्ठले जानकारी दिए ।

युनाईटे क्लवले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई आगामी दिनमा पनि निरन्तरता दिने क्लवका अध्यक्ष लालकाजी गुरुङले वताए । सामाजिक कामले नै आफुहरुलाई अगाडी वढ्न अभिप्रेरित गराएको अध्यक्ष गुरुङको भनाइ रहेको थियो ।

सत्य, तथ्य र अनुसन्धानात्मक डकुमेन्ट्री कखरामा राम्रो शिक्षाका लागी विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको भुमिका कस्तो हुनुपर्छ, अभिभावकले लापरवाही र विद्यालयका कर्मचारीको लापरवाहीका कारण विद्यार्थीले भोग्नुपर्ने समस्याको बारेमा डकुमेन्ट्रीमा समावेश गरिएकाले डकुमेन्ट्रीले अभिभावक, शिक्षक र विद्यार्थीको मन जित्न सफल भएको डकुमेन्ट्रीका निर्माता बिनोद लामाले वताए ।

एक्स्ट्रा एङ्गल गर्बु फिल्म्स प्रा.लि. काठमाण्डौको ब्यानरमा निर्मित कखरा डकुमेन्ट्रीमा नेपाली रङ्गमन्च क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु राजेश हमाल, भुपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, संचारकर्मी श्रीकृष्ण न्यौपाने लगायतका कलाकारहरु छन भने मुख्य कलाकारमा गिनिजबुकमा सवैभन्दा कलिलो उमेरको निर्देशक भनेर नाम लेखाउन सफल ८ वर्षिय बालक सौगात विष्टको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->