आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

वडाको सहयोगमा विद्यालयमा पानीका जार

वडाको सहयोगमा विद्यालयमा पानीका जार


  • Dhorpatan News
  • फाल्गुन १४ २०७६, बुधबार

बागलुङ, १४ फागुन– विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बागलुङ नगरपालिका–१३ वडा कार्यालयले यहाँको एक विद्यालयलाई सुद्ध पानी राख्ने जारहरु वितरण गरेको छ । सुद्धिकरण गरिएको पानी हरेक कक्षा कोठामा रहनेगरी जनमत माध्यमिक विद्यालय, बास्कोट बागलुङलाई पानीका जार वितरण गरिएको हो । विद्यार्थीलाई नियमित स्वस्थ्य पानी उपलव्ध गरउानका लागि वडा सदस्यभवानी प्रसाद रिजालको पहलमा जनमतमा पानीका जार वितरण गरिएको थियो । मंगलवार एक कार्यक्रमको आयोजना गरी रिजालले विद्यालयका प्रधानाध्यापक परशुराम रिजाललाई १२ थान जार हस्तान्त्रण गरे । दश हजार रुपैयाँ मुल्य बराबरका जारहरु विद्यालयलाई उपलव्ध गराईएको छ । ‘यो वडा कार्यालयको योजना अन्तरगतकै काम हो, यहाँका सबै विद्यालयमा स्वस्थ्य खानेपानी पु¥याउने योजनामा हामि छौं’ रिजालले भने ‘जनमतका विद्यार्थीको हितमा हामिले दिएका जारहरु प्रयोगमा आउने छन् ।’ पैयुँपाटाका हरेक विद्यालयमा विद्यार्थीहरुका लागि सहजता बनाउनका वडा कार्यालयले नयाँ अभ्यास थालेको वडा सदस्य भवानी प्रसाद रिजालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रिजालले यस विद्यालयलाई नमुना बनाउनका निम्ती हरेक निकाय र व्यक्तिगत रुपमा सहयोग भै रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->