पोखरा, १७ फागुन -गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बागलुङमा भएको तामा र फलाम खानी उत्खन गरेर पश्चिम नेपाललाई आत्मनिर्भर बनाउन सकिने वताएका छन । बागलुङ समाज पोखराको १९औं साधारणसभा तथा १० औं अधिवेशनको शनिवार पोखरामा उदघाटन गर्दै उनले बागलुङ तामा र फलामखानीको भण्डार भएकोले त्यसलाई उत्खन गर्न सकेमा यसबाट पश्चिम नेपाललाई नै आत्मनिर्भर गराउन सकिने बताए ।
‘बागलुङको लुकुरवनमा भण्डार नै छ, गण्डकी प्रदेश प्रमुख शेरचनले आफु धौलागिरीवासी नै भएको स्मरण गर्दै भने, ‘त्यसलाई मात्रै उत्खन गर्न सकियो भने पनि पश्चिम नेपाललाई धान्दछ ।’ पाण्डवखानी, सिसाखानीमा त अहिले पनि स्थानीयले पराम्परागत रुपमा तामा फलाम निकालिरहेका छन ।
अब आफ्नै देशमा उत्पादित कच्चा पदार्थमा आधारित उधोग सञ्चालन गर्नु पर्दछ, प्रमुख शेरचनले भने, ‘गण्डकीलाई आत्मनिर्भर गराउन त नवलपुर काफी छ ।’ नेपाललाई समृद्ध बनाउन जलस्रोतको उपयोग गर्नुपर्दछ, त्यसका लागि स्थानीय उधोग आवश्यक छ, शेरचनले थपे, यूरोनियमको भण्डार पनि हाम्रै प्रदेशमा छ ।’
गण्डकी प्रदेश प्राकृतिक रुपमा समपन्न भएको वताउदै उनले यसलाई उपयोग गर्न सक्नुपर्नेमा जोड दिए । अव सवैले गर्ने कुरा मात्रै बोल्ने र वोलेका काम मात्रै गर्ने बानी बसाल्नुपर्ने वताउदै शेरचनले बागलुङ समाजलाई पनि सोही अनुसार गर्न सुझाए ।
‘यस्ता सामाजिक संघसंस्थामा राजनीति घुसाउने होइन, सामाजिक समस्या र समाज उत्थानका विषयमा छलफल र वहस गर्नु पर्दछ ।’ प्रदेश प्रमुख शेरचनले भने, मनमा ईश्वर राखेर काम गर्नु पर्दछ । धौलागिरी र गण्डकीको स्वभाव पनि काम गर्ने नै हो ।’
कार्यक्रममा गण्डकी प्रदेशसभा प्रदेश मामिला समितिका सभापति कृष्ण थापा, प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटा, मणिभद्र कँडेल, दिलमाया मगर गौतम, मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार गोविन्द नेपाली, आजिवन सदस्य दीर्घ प्रसाद पाँण्डे, सल्लाहकार डा.भानुभक्त शर्मा कँडेल लगायतले शुभकामना मन्तब्य राख्दै समाजलाई गतिशिल र विशेषगरी बागलुङप्रति उत्तरदायी बनाउन जोड दिए । उनीहरुले पोखराको पर्यटनसंग बागलुङलाई जोड्न विशेष भूमिका निर्वाह गर्नुपर्ने वताए ।
कार्यक्रम समाजका निर्वातमान अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष सुनिल पाँण्डेको स्वागत र सचिव दिल्लीराम शर्माको संचालनमा सम्पन्न भएको थियो । समाजको वन्द शत्रले सचिव डिल्ली प्रसाद शर्माले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिबप्रसाद शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सुझाव सहित पारित गरेको छ ।
बागलुङ समाजकोे अध्यक्षमा पाँण्डे चयन
बागलुङ समाज पोखराको शनिबार भएको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले सुनील पाण्डेको अध्यक्षतामा निर्विरोध नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्ष डिल्लीप्रसाद शर्मा, सचिव नरेश सुवेदी, सहसचिव भवानीशंकर शर्मा र कोषाध्यक्ष ठाकुरप्रसाद सापकोटा छन् । समाजका सदस्यमा वर्णकिरण श्रेष्ठ वन्त, टीकाराम आचार्य, मीना थापा, गंगा पुन, प्रकाश मल्ल र सुशीला प्रधानांग छन् ।
विशिष्ठ ब्यक्तिलाई समाजको सम्मान
बागलुङ समाज पोखराले आफ्नो बार्षिक साधारणसभाको कार्यक्रमका अवसरमा बागलुङबाट पोखरामा आई विभिन्न क्षेत्रमा योगदान पुराएका सामाजिक ब्यक्तिहरुलाई सम्मान गरेको छ । विद्यावारीधि गरी विभिन्न क्षेत्रमा योगदान दिएका प्रा.डा.रविन्द्र प्रसाद श्रेष्ठ, प्रा.डा.तुमाया घले, प्रा.डा. इश्वर शर्मा कँडेल, प्रा.डा.कृष्ण कुमार श्रेष्ठ, डा. रामप्रसाद शर्मा, डा. टिकाराम आचार्य र डा. भानु शर्मा कँडेललाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले दोसल्ला ओढाई सम्मान गरे ।
पर्यटन क्षेत्रमा योगदान पुराएका पर्यटन ब्यसायी अग्नि कँडेल, सामाजिक क्षेत्रमा योगदान पुराएका प्रकाश मल्ल र कानुनी क्षेत्रमा योगदान दिएका अधिवक्ता माधवी पाँण्डेलाई सम्मान गरिएको थियो । संस्थामा रहेर योगदान दिएका ८० वर्ष भन्दा माथि जेष्ठ नागरीक पृथ्वीबहादुर गुरुङ, दुर्गाबहादुर हमाल र रत्न मल्ललाई पनि प्रदेश प्रमुख शेरचनले दोसल्ला ओढाएर सम्मान गरे ।




















