आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हिँडडुल गराउन र ठोस आहार दिन थालियो : चिकित्सक

हिँडडुल गराउन र ठोस आहार दिन थालियो : चिकित्सक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७६, शुक्रबार

काठमाडौं, २३ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार मिर्गौला दोस्रोपल्ट प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको र ठोस आहार दिन थालिएकोअस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी गराए । प्रधानमन्त्रीका सबै ल्याव सूचकहरु सामान्य रहेको अस्पतालले जनाएको छ । त्यसैगरी प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था पनि क्रमिक सुधार भइरहेको र ठोस आहार दिन थालिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->