सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम स्थगित

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम स्थगित


  • Dhorpatan News
  • फाल्गुन २३ २०७६, शुक्रबार

पोखरा, २३ फागुन – गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले विश्व भरि फैलिरहेको कोरोना भाइरसको कारणले ११० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।
शुक्रबार सुचना जारी गर्दै मन्त्रालय हाल देखिएको कोरोना भाइरसबाट जोगिन उच्च सतर्कता अपनाउनु पर्ने अवस्था भन्दै धेरै मानिस जम्मा हुने ¥याली, अन्तक्र्रिया लगायतका मानिसको भिड भाड हुने कार्यक्रम स्थगित गरेको जनाएको हो । मन्त्रालय विभिन्न क्षेत्रका सरोकारवाला बीच बैठक बसेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने कार्यक्रम तय गरेको थियो ।
मन्त्रालयले ११ वटा जिल्लाबाट छनौट गरी उत्कृष्ट महिला सम्मान , सचेतना कार्यक्रम, महिला अधिकारका जोडीहरु बीच अन्तरत्र्रिmया, महानगरपालिक भित्र सम्पूर्ण वडा मा महानगरको समन्वयमा सचेतना लगायतका कार्यत्रम तय गरेको महिला विकास अधिकृत सुशीला आचार्यले जानकारी दिइन।
उनले भनिन  “हरेक नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता हो । अहिले कोराना भाइरसको सन्त्रास फैलिरहको सन्दर्र्भमा यस विरुद्ध अभियानमा जुट्ुन पहिलो कर्तब्य भएकाले तत्काल तय गरिएका कार्यक्रम स्थगित गरिएको हो ।”
जिल्ला प्रशासन कार्यलय कास्की पनि धेरै मानिस जम्मा हुने किसिमका सार्वजनिक नगर्न आग्रह गरेको छ । प्रशासनले सुचना जारी गर्दै धेरै भिडभाड तथा व्यापाक जनसमुदाय उपस्थित हुने सार्वजनिक स्थानमा भेला, मेला, जमघट समारोह जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->