पोखरा,२५ फागुन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११० औं अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन । शुभकामना सन्देश मार्फत मुख्यमन्त्री गुरुङले लैङ्िगक समानता ,महिला सशक्तीकरण ,महिला अधिकारको सुनिश्चितता तथा सुख र समृद्धि को शुभकामना दिएका हुन ।
महिलाको हक अधिकारका साथै आर्थिक ,सामाजिक ,राजनीतिक तथा सांस्कृतिक बिकासका लागि आबाज उठाउने आजको दिन महत्त्वपूर्ण भएको गुरुङद्वारा जारी सन्देशमा भनिएको छ । संबैधानिक र कानुनी रुपमा प्राप्त महिलाका हक र अधिकारलाइ पुर्ण रुपमा कार्यान्वयन गर्नु आवश्यक रहेको उनले बताएका छन ।





