बागलुङ, २७ फागुन–गाउँमा स्वास्थ्य चौकी भवन निर्माण हुनेभएपछि यहाँको एक गाउँका सर्वसाधारणले निशुल्क जग्गा र नगद सहयोग गरेका छन् । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र सहयोग जुटेको हो ।
खर्वाङको एक परिवारले आफ्ना मातापिताको स्मृतीमा ३ रोपनी जग्गा स्वास्थ्य चौकीको लागि निशुल्क उपलव्ध गराएको छ । स्वर्गिय जयलाल र हिरादेवी खरेलको स्मृतिमा उहाँहरुका छोराहरु नरिश्वर, स्व. अग्निधर, घनश्याम, तिलाराम, बाबुराम खरेलले स्वास्थ्यचौकी भवन निर्माणको लागि ३ रोपनी जग्गा उपलब्ध गराएका हुन् । जग्गा अभावका कारण लामो समयदेखि स्वास्थ्य चौकी भवन निर्माणको काम रोकिएको थियो । जग्गा प्राप्त भएसँगै नयाँ भवन निर्माणको काम सुरु गरिने वडाध्यक्ष ढालेन्द्र सेरचनले बताए ।
उक्त स्वास्थ्यचौकी निर्माणका लागि स्वास्थ्य मन्त्रालयको एक वडा एक स्वास्थ्यचौकी कार्यक्रमअन्तर्गत चालु आर्थिक बर्षमा १३ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन भई गाउँपालिकामा प्राप्त भैसकेको छ । जग्गा र बजेट दुवैको समस्या नरहेकाले तत्कालै निर्माण प्रकृया समेत अघि बढाईने गाउँपालिकाले जनाएको छ । जग्गा प्राप्त भएपछि स्थानीयले सडक निर्माणको प्रकृया समेत अघि बढाएका छन् । स्वास्थ्यचौकी भवन निर्माणस्थलमा जाने सडक निर्माण तथा स्वास्थ्य चौकीको थप व्यवस्थापनमा सहज होस् भन्दै स्थानीयबाट स्वःस्फुर्त चन्दा संकलन अभियान सुरु गरिएको छ ।
अभियानको पहिलो दिनमै स्थानीय कृष्ण प्रसाद खरेलले १७ हजार ७ सय ७७, खगिश्वर अर्यालले १६ हजार ६ सय ६६, विष्णु केसिले १५ हजार ५ सय ५५, दुर्गादत्त खरेलले १५ हजार, बावुराम जिसिले ११ हजार १ सय, गिता पोखरेलले ११ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । वडाभित्र रहेका सबै सामुदायीक बन, क्लब, आमा समुह लगायतलाई सहयोगका लागि अनुरोध गरिएको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख तथा वडिगाड २ का स्थानीय बिष्णु भुषालले जानकारी दिए । स्वास्थ्य चौकी निर्माण भएपछि वडा नं २ लगायत आसपासका झण्डै ५ हजार सर्वसाधारण लाभान्वित हुने छन् ।
अभियानमा चुमाकान्त पोखरेलले १० हजार १ सय ५, मेलमिलाप आमा समुह दनिया बयरवोटले १० हजार १ सय, नन्दराम खरेलले १० हजार, ढालमणि भण्डारीले १० हजार, विष्णु प्रसाद भुसालले १० हजार, हरि बहादुर घिमिरे १० हजार, गन बहादुर श्रीस ८ हजार ४ सय, सुर्य बहादुर अधिकारीले ५ हजार ५ सय ५५, कमल पौडेलले ५ हजार १ सय पाँच, कृष्ण कुमारी रानाले ५ हजार १ सय ५, गोम बहादुरले रानाले ५ हजार १ सय, रुकमान पुरीले ५ हजार १ सय, खड्क बहादुर घर्ति ५ हजार १ सय, धन बहादुर बुढाले ५ हजार १ सय, झलक थापाले ५ हजार १ सय, मेघनाथ खरेलले ५ हजार १ सय, सुमित्रा पुरीले ५ हजार १ सय, मन बहादुर थापाले ५ हजार १ सय, ढाल प्रसाद शेरचनले ५ हजार, नरि राना ५ हजार, शान्ति रानाले ५ हजार सहयोग गरेका छन् ।





