पोखरा, २९ फागुन – पार्टी एकता भएको झण्डै एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले कार्यालय र सचिवालयको जिम्मेवारी टुङ्गो लगाएको छ । प्रदेश कमिटीले दिएको जिम्मेवारी अनुसार पार्टी कार्यालयमा बुधबार वसेको सचिवालय वैठकले ९ सदस्यीय कार्यालय र ६३ सदस्यीय सचिवालयको टुङ्गो लगाएको गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले वताए ।
नौ सदस्यीय कार्यालयमा पार्टी अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द वहादुर नेपाली, आशमान रोका, खोपवहादुर कँडेल, गायत्री तमु, नवराज शर्मा, पुण्य प्रसाद पौडेल, बालासिंह काउछा मगर र सम्झना देबकोटा रहेका छन ।
६३ सदस्यीय सचिवालयमा नौ सदस्यीय कार्यालय सदस्य सहित इन्द्रलाल सापकोटा, कपिल लामा, कमला नहर्की, केदार सिग्देल, कृष्ण प्रसाद पौडेल, कृष्ण वहादुर थापा, गंगा पोख्रेल, गोविन्द पौडेल, चन्द्रवहादुर बुढा मगर, चन्द्रमणी खराल, चन्द्रमोहन गौचन, जगन्नाथ खनाल, जनकराज पौडेल, जमिन्द्रमान घले, झक वहादुर थापा मगर, ट्रिपल पि गुरुङ, दिपक कोइराला, धनन्जय ढवाडी, धनप्रसाद सापकोटा, नरदेवी पुन, पदम गिरी, पारसमणि पौडेल, पुण्य भुषाल, पोम्देन खोपेन गुरुङ, प्रेम गुरुङ, प्रेम प्रसाद तुलाचन, बखानीमा तमु, विकास लम्साल र वेद वहादुर गुरुङ (कर्साङ) रहेका छन् ।
त्यसैगरी, अन्य सदस्यहरुमा बेद वहादुर गुरुङ (श्याम), भक्त रसाईली, मधु अधिकारी गुरुङ, मनोहर विश्वकर्मा पौडेल, मित्र शरण शर्मा, मिन प्रसाद गुरुङ, मिना कुमारी गुरुङ, मोहनहरि पौडेल, राजिव पहारी, रामजी प्रसाद बराल, राजेन्द्र केशरी न्यौपाने, रेखा थापा बस्याल, रोशन गाहा, लेखवहादुर थापा मगर, लोकप्रसाद बन्जारा, शैलेन्द्र घिमिरे, श्री प्रसाद शर्मा, सत्यनारायण शेरचन, सिमा क्षेत्री, सुदिप कुँवर, सुर्यप्रसाद गैरे, हरिकृष्ण श्रेष्ठ, हिरा वहादुर खत्री, हेमराज लामिछाने र ज्ञाामनाथ गैरेले सचिवालयको जिम्मेवारी प्राप्त गरेका छन । ‘सचिवालयको पहिलो वैठकले यी कमरेडहरुलाई जिम्मेवारी दिएको हो’, सचिव नेपालीले भने, ‘प्रदेश कमिटीको वैठकले ११ सदस्यीय सविचवालय गठन गरी अन्य सदस्यहरुको टुङ्गो लगाउने जिम्मेवारी सोही सचिवालयलाई दिएको थियो ।’ सोही अनुसार सचिवालयको पहिलो बैठकबाट प्रदेश कमिटीमा रहेका सदस्यबाट जिम्मेवारी तोकिएको हो ।





