पोखरा,२९ फागुन – पोखरा प्रधान कार्यालय रहेको माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालाले पाएका छन् । बैंकको फागुन १९ गते बसेको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत रहेका उनलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो । यो निर्णयसँगै प्रमुख कार्यकारी अधिकृत रहेका सुमन शर्माको चैत १ गतेदेखि बिदाई हुनेभएको छ । शर्मा सन् २०१४ नोभेम्बरदेखि बैंकमा डेपुटी सीईओका रुपमा प्रवेश गरेका थिए। त्यस्तै डीसीईओको जिम्मेवारी पाएका कोइरालासँग १७ वर्ष लामो अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।





