सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

भुतपुर्व खेलाडी मञ्चद्वारा सहारा युकेको टोलीलाई स्वागत

भुतपुर्व खेलाडी मञ्चद्वारा सहारा युकेको टोलीलाई स्वागत


  • Dhorpatan News
  • फाल्गुन ३० २०७६, शुक्रबार

पोखरा,३० फागुन – पोखरामा जारि आहा ! रारा गोल्ड कपको सन्दर्भलाई लिएर पोखरा आएको सहारा युकेको टोलीलाई भुतपुर्व खेलाडी मञ्च नेपालले आज एक कार्यक्रमका विच स्वागत गरेको छ ।स्वागत कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष तेज गुरुङले मञ्चले आयोजना गर्ने पोखरा म्याराथन देखि पोखरामा हुने विविध खेलकुद र सामाजिक अभियानमा सहारा युकेको महत्वपुर्ण भुमिका र सहयोग रहेको बताए ।कार्यक्रममा बोल्दै सहारा युकेका अध्यक्ष कुमार गुरुङले मञ्चले आयोजना गरेको पोखरा म्याराथन सफल भएकोमा मञ्चलाई शुभकामना समेत दिए । उनले पोखरामा हुने हरेक खेल गतिविधीमा सहारा युकेको सहयोग निरन्तर रहि रहने प्रतिवद्धता व्यक्त समेत गरे । उनले नेपाल बेलायत सम्वन्धको २०४ वर्षे इतिहासलाई थप बलियो बनाउन नेपाली राष्ट्रिय फुटबल टिम युके खेल्न जान लागेको जानकारी दिए ।सो अवसरमा मञ्चका तर्फ अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट, उपाध्यक्ष डिल बहादुर गुरुङले सहारा युकेका अध्यक्ष सहित पदाधिकारी, कार्यसमिती सदस्य र सल्लाहाकार हरुलाई मायाको चिनो प्रदान गरेका थिए ।कार्यक्रममा १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन भुमिका खेल्ने शुरक्षा निकाय, विभिन्न यातायत समितीहरु लगाएत विभिन्न संघ संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->