पोखरा,२ चैत – लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा तीन दिने माइन्युट लेखन तथा उद्घोषण तालिम सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने सो तालिमको लायन्स क्लव रिजन चेयर पर्सन दुर्गा कुमारी आचार्यले उद्घाटन गरिन् । क्लवका संस्थापक अध्यक्ष समेत रहेकी आचार्यले तालिममा सिकेका कुराले व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन । उनले तालिममा सिकेका कुरालाई अभ्यासमा उतार्न सहभागीलाई अनुरोध गरिन ।कार्यक्रममा जोन चेयर पर्सन सीता पहारीले क्लवले आयोजना गरेको कार्यक्रमले सहभागीहरुको आत्मविश्वास बृद्धि गर्नेमा जोड दिइन । यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरिन् ।
क्लवका अध्यक्ष साबित्रा पौडेलको अध्यक्षता भएको कार्यक्रममा कमिटी को–चेयर पर्सन रजनी कोइराला, क्लबका प्रथम उपाध्यक्ष रेखादेबी पौडेल, द्वितिय उपाध्यक्ष गीता पराजुली, तितृय उपाध्यक्ष कल्पना अर्याल लगायतले तालिमले आगामी दिनमा हुने जुन सुुकै कार्यक्रममा पनि म बोल्न सक्छु भन्ने क्षमता निर्माण गर्न सहभागीहरुलाई आग्रह गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा क्लवका झण्डै ३० जनाको सहभागीता रहेको छ भने सञ्चारकर्मी रेनु थापा र शशी पौडेलले सहजीकरण गर्ने क्लवका सचिव प्रतिमा शर्माले जानकारी दिइन् ।





