सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

दोस्रो गार्डेन कपबाट ८ लाख बचत

दोस्रो गार्डेन कपबाट ८ लाख बचत


  • Dhorpatan News
  • चैत्र ५ २०७६, बुधबार

पोखरा,५ चैत – दोश्रो गार्डेन कप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । गार्डेन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताबाट ८ लाख १३ हजार रुपैयाँ बचत भएको हो । आर्थिक पारदर्शिता गराउन मंगलबार पोखरामा पत्रकार सम्मेलन गरि क्लबले आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगिताबाट १४ लाख ५८ हजार ३ सय ९० रुपैयाँ आम्दानी भएको थियो । जसमा ६ लाख ४५ हजार ३ सय ९० खर्च तथा ८ लाख १३ हजार रुपैयाँ बचत भएको क्लबका कोषाध्यक्ष दिलिप गुरुङले जानकारी दिए । क्लबका अध्यक्ष विनोद गुरुङले प्रतियोगिताबाट बचत भएको रकमले तेस्रो संस्करणबाट भने क्लब स्तरीय फुटबल प्रतियोगिता गराउने योजना भएको बताए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मोहन बाँस्तोलाले क्लबले निकै उत्कृष्ट कार्य गरेकोमा आगामी वर्ष ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । फागुन १२ देखि १७ गतेसम्म पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा भएको प्रतियोगितामा संगम एफसी विजेता तथा मेरो नेपाल उपविजेता बनेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->