मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

विमानस्थलमा कार्यरत चिनियाँहरु कोराना मुक्त’

विमानस्थलमा कार्यरत चिनियाँहरु कोराना मुक्त’


  • Dhorpatan News
  • चैत्र ५ २०७६, बुधबार

पोखरा,५ चैत – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ कामदारहरुमा कोरोना भाइरसको संक्रमण नभएको बताएको छ । परियोजना प्रमुख विनेश मुनाकर्मीले एक विज्ञप्ति जारी गर्दै विमानस्थलमा चालु अंग्रेजी वर्षको फ्रेबुअरी महिनापछि आएका १०७ चिनियाँ कामदारहरु चीनमै १४ दिन क्यारेण्टाइनमा बसेको र उनीहरुमा कोरोना संक्रमण नभएको जानकारी गराएका हुन् ।
विज्ञप्तिमा कोरोना नभेटिएपछि उनीहरुलाई काममा लगाएको र उनीहरुको विश्व स्वास्थ्य संगठन तथा अन्य सरोकारवाला निकायहरुले निरन्तर निगरानीमा राखिएको जनाइएको छ । कोराना संक्रमण नभएको प्रमाणपत्रसहित काममा आएका उनीहरुबारे अनावश्यक हल्ला नगर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->