आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपालको प्रयोगशालाको परीक्षण विश्‍वसनीय छ : विश्‍व स्वास्थ्य संगठन

नेपालको प्रयोगशालाको परीक्षण विश्‍वसनीय छ : विश्‍व स्वास्थ्य संगठन


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७६, मंगलबार

पोखरा, ११ चैत – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको छ । डब्लूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो। सोमबार डब्लुएचओले केही सुधारको सिफारिससहित डाक्टर जोनाथनले तया पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ।प्रतिवेदनका अनुसार प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको भएको उल्लेख गरेको छ। साथै ल्याब उपकरण र खटिएको जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको बताउँदै परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएको छ। परीक्षणका सबै प्रक्रिया गुणस्तरीय भएको उल्लेख गर्दै डब्लूएचओले जनस्वास्थ्य प्रयोगशालाले रिपोर्टहंरु तथ्यगत हिसाबले विश्लेषण गरेको पनि डब्लूएचओले जनाएको छ। विश्व स्वास्थ्य संगठनले कोभिड परीक्षणको लागि प्रयोगशालाले राम्रो तयारी गरेको बताउँदै संगठनले नियमित रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->