बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मेसेन्जरको ग्रुप भिडियो कलमा ७० प्रतिशत वृद्धि

मेसेन्जरको ग्रुप भिडियो कलमा ७० प्रतिशत वृद्धि


  • Dhorpatan News
  • चैत्र ११ २०७६, मंगलबार

काठमाडौं, ११ चैत – कोरोना भाइरसका कारण विश्वका धेरै देशहरु आक्रान्त भइरहँदा फेसबुक मेसेन्जर एपका प्रयोगकर्ताको सक्रियता ह्वात्तै बढेको छ ।कोरोना संक्रमणका कारण युरोप, अमेरिका तथा एसियाका कैयन् देशहरुका बजार, व्यापार, व्यवसाय तथा कार्यालयहरु बन्द भई मानिसहरु घरभित्र बस्न बाध्य भैरहेको बेला मेसेन्जरको ग्रुप भिडियो कल गर्ने मानिसको संख्यामा ७० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै विश्वमा यो हप्ता ग्रुप भिडियो कल गरिएको समय गत हप्ताको भन्दा दोब्बरले वृद्धि भएको छ । त्यस्तै ह्वाट्सएपमा भ्वाइस तथा भिडियो कल गर्नेको संख्यामा पनि दोब्बरले वृद्धि भएको सिएनइटीको रिपोर्टमा उल्लेख छ ।उता फेसबुकले सोमबार एक घोषणा गर्दै कोरोना भाइरसका बारेमा सचेतना प्रवाहका लागि विश्वका सरकारहरु तथा स्वास्थ्य सम्बद्ध एजेन्सीहरुका लागि मेसेन्जर मार्फत नि:शुल्क सेवा प्रवाह गर्न आफ्ना डेभलपरहरुलाई परिचालन गर्ने जनाएको छ ।
यसमा मेसेन्जरमार्फत कोरोना संक्रमण सम्बन्धमा सही तथा अद्यावधिक सूचनाहरु समुदायमा प्रवाह गर्ने र प्रायः सोधिने प्रश्नहरुको अटोमेटेड रेस्पोन्स लगायतका टुल्स प्रयोग गरी जवाफ दिने लगायतका सेवा छन् ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->