सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

महानगरलाई इलेक्ट्रिक स्पे हस्तान्तरण

महानगरलाई इलेक्ट्रिक स्पे हस्तान्तरण


  • Dhorpatan News
  • चैत्र १५ २०७६, शनिबार

पोखरा, १५ चैत – पोखराको पस्र्याङमा रहेको शिव शिखर कृषि सहकारी संस्थाले पोखरा महानगरलाई इलेक्ट्रिक स्पे ट्यांक हस्तान्तरण गरेको छ । पोखरा महानगरले कोरोना रोकथाम र कोरोना भाइसरको संक्रमण न्यूनीकरण गर्न महानगरले थालेको अभियानलाई सघाउन संस्थाले १० वटा इलेक्ट्रिक स्पे हस्तान्तरण गरेको हो ।
सहकारीका मेनेजर सुशील बानियाले पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीलाई शनिबार हस्तान्तरण गरेका हुन् । एक घण्टा चार्ज गरेपछि १० घण्टासम्म उक्त स्पेले काम गर्ने बानियाले बताए । कोरोनाको संक्रमण फैलिन नदिन महानगरले थालेको अभियानलाई सघाउनको लागि उक्त स्पे हस्तान्तरण गरेको बानियाले बताए ।
हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विषम परिस्थितिमा आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा अनुरोध गर्दै सहकारीले स्पे सहयोग गरेकोमा आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->