पोखरा, १६ चैत – कास्की प्रहरीले लकडाउनको पाँचौ दिन शनिबार पोखराको सडकमा निस्कनेहरुलाई पक्राउ गरि रंगशालामा राख्यो । पोखराको विभिन्न ठाउँबाट पक्राउ गरिएका १८७ जनालाई प्रहरीले भ्यानमा हालेर रंगशाला पु¥याएको थियो । मानिसबीच कम्तिमा एक मिटरको दूरी कायम गर्ने भने पनि सो नियम प्रहरी भ्यानमा लागु भएन ।
दिनभर पोखराका विभिन्न स्थानबाट समातिएकाहरुलाई केहीघन्टा पोखरा रंगशालाको भलिवल प्रशिक्षण केन्द्र र बास्केटबल कोर्टमा थुनियो । उनीहरुलाई अगाडि कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी दानबहादुर कार्कीले लक डाउनका विषयमा जानकारी गराए ।





