आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना राहत कोषमा प्राबिधिक शिक्षालयको ३० हजार

कोरोना राहत कोषमा प्राबिधिक शिक्षालयको ३० हजार

लकडाउन नमान्दा वडानै शिल, धाईरिङमा ३ वेडको आईसोलेसन


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७६, आइतबार

बागलुङ, १६ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोरोना राहत कोषमा बागलुङ प्राबिधिक शिक्षालय बागलुङले योगदान गर्ने भएको छ । शिक्षालयले रु. ३० हजार सहयोग गर्ने निर्णय भएको अध्यक्ष विष्णुप्रसाद सापकोटाले जानकारी दिए । उक्त रकम कोषको खातामा जम्मा गरिने छ । शिक्षालयले सरकारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको जनाएको छ । सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग गर्न कोष स्थापना गरेको छ ।
धाईरिङमा ३ वेडको आईसोलेसन
पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा ३ बेड रहेको आईसोलेसन वार्ड निर्माण गरिएको छ । कोरोना भाईरसका बिरामीहरुको उपचारका लागि धाईरिङ माविको भवन प्रयोग गरेर आईसोलेसन बेड निर्माण गरिएको वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताए । आवश्यक पूर्वाधारसहित आईसोलेसन बनाएको शर्माले बताए । कोरोना संक्रमणको पुष्टि भएकी बागलुङकी युवतीसँगै आएका एक युवा धाईरिङका भएको जानकारी आएपछि सम्भावित जोखिमको सामना गर्न वडा कार्यालय लागेको हो ।
सचेतना लिएर घर घरमा वडा समिति
कोरोना संक्रमणबाट बच्ने सन्देश बोकेर यहाँको एक वडा समिति टोल–टोलमा पुगेको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङका वडा अध्यक्षसहितको टोली सन्देश बोकेर टोलटोलमा पुगेको हो । वडा स्तरीय कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय समिती गठन गरेर वडाबासी नागरिकलाई सचेत गराउन लागिएको हो । लकडाउनको पालना गर्दा हुने फाईदाका बिषयमा जानकारी बोकेर समिति गाउँ–गाउँमा पुगेको हाम्रा सहकर्मी दिवाकर उपाध्यायले बताए । वडामा सबै संयन्त्र परिचालित हुने, युवा क्लव टोल सुधार समितिलाई विशेष रूपमा परिचालित जनचेतना र सतर्कताको लागि कटुवाल समेत परिचालित गरिएको छ ।
लकडाउन नमान्दा वडानै शिल
लकडाउनलाई बेवास्ता गर्दै सवारी र सर्वसाधारण सडकमा निस्किन थालेको भन्दै यहाँको एक वडाले अन्तरवडा आवागमनमा रोक लगाएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरले वडा शिल गरेको घोषणा गरेको हो । आफ्नै स्वास्थ्यको लागि भैरहेको लकडाउनको समेत सर्वसाधारणले बेवास्ता गरेकाले वडाको सिमा लक गरिएको वडाध्यक्ष गुरुदत्त पाठकले बताए । यो वडाहुँदै अन्य वडामा आवतजावत गर्ने सडकहरु बन्द गरिएको छ । अत्यावश्यक सामग्री ढुवानी तथा एम्बुलेन्स बाहेकका सवारी नचल्नेगरी वडा शिल गरिएको उनको दाबी छ । यो वडामा बिदेशबाट आएका १५ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ । होम क्वारेन्टाईनको उल्लंघन समेत हुन सक्ने भएकाले टोल बिकास समितिहरुलाई अनुगमन गर्न भनिएको वडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->