सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकी प्रदेशमा अब सहज खाद्य प्याकेट

गण्डकी प्रदेशमा अब सहज खाद्य प्याकेट


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७६, सोमबार

पोखरा, १७ चैत – गण्डकी प्रदेश सरकारले अब प्रदेशका नागरिकहरुको दैनिक आवश्यकता पूर्ति गर्न ‘सहज खाद्य प्याकेट’ बितरण गर्ने भएको छ ।
सहज खाद्य प्याकेटमा ३५ सय मूल्य बराबरका एक परिवारलाई चाहिने अत्यावश्यक सामान समेटिएको छ । प्याकेटमा २५ किलोग्राम जिरा स्टिम चामल,५ किलोग्राम आँटा, एक किलो चिनी,२ लिटर सनफ्लावर तेल, २ किलो सेतो केराउ,२ किलोग्राम आयो नुन, २ किलो चिउरा,५ सय ग्राम चियापत्ति,२ सय ग्राम मसला, एकसय ग्राम बेसार, ५ प्याकेट चाउचाउ र एक किलोग्राम चना समावेश गरिएको छ । यो सामान अर्डरको आधारमा घरमै पु¥याइने छ ।
कोरोना भाइरस संकटले निम्त्याएको असहज परिस्थितिको सामना गर्न प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको संयोजकत्वमा बनेको समितिले सो प्याकेटको अवधारणा ल्याएको हो । अवधारणा अनुसार जिल्ला र स्थानीय तहहरुले अत्यावश्यक सामानहरुको लिष्ट तयार गर्ने तथा मोवाइल एप्सको प्रयोग गरि जनताको आवश्यकता पहिचान गर्नेछन् । मागको आधारमा आपूर्तिको जिम्मा जिल्ला उद्योग वाणिज्य संघ र ठूला आपूर्तिकर्तालाई दिइने छ । यसैगरि समितिले अत्यावश्यक सामानहरुको सहज आपूर्ति मिलाउने तथा दैनिक उपभोग्य सामानको अति आवश्यकता पर्ने नागरिकको विवरण संकलन गर्ने निर्णय पनि गरेको छ । आपूर्ति अनुगमन समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले दैनिक ज्यालादारी र मजदूरी गर्ने विपन्नहरुको लगत संकलन गरि उनीहरुलाई राहत दिने योजनासमेत बनाएको छ । सहुलियत प्याकेट कहिलेबाट उपब्लध गराउने भन्नेबारे भने निर्णयमा केही बताइएको छैन । बजारमा खाद्य अभाव हुन नदिन र एकैचोटी धेरै भण्डारण नहोस् भन्ने हेतुले यो निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->