सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मुख्यमन्त्री भन्छन् ,‘डस्ना र तन्ना हाल्दैमा क्वारेण्टाइन हुन्छ ?’

मुख्यमन्त्री भन्छन् ,‘डस्ना र तन्ना हाल्दैमा क्वारेण्टाइन हुन्छ ?’


  • Dhorpatan News
  • चैत्र १७ २०७६, सोमबार

पोखरा, १७ चैत – गण्डकी प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम,नियन्त्रण र व्यवस्थापनको लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि मुख्य सचिवसम्मका विभिन्न समिति र उपसमितिहरु बनाएको छ । यी समितिहरुको नियमित बैठक र छलफल पनि भइरहेका छन् ।
प्रदेश सरकारले यहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी क्षेत्रको चरक मेमोरियल अस्पताललाई कोरोनाको डेडिकेटेड अस्पताल बनाउने संघीय सरकारको निर्णय कार्यान्वयनमा ल्याउने घोषणा पनि गरेको छ । तर, यी सबै घोषणा भइरहँदा पनि गण्डकी प्रदेशमा कोरोना परीक्षण गर्ने ठाउँ नै छैन । राजधानीको टेकु र धरानमा मात्र कोरोना परीक्षण हुने गरेकोमा आइतबार मात्रै कोरोना रोकथाम उच्चस्तरीय समितिले चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन पीसीआर (पोलिमर चेन रियाक्सन) प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई दिने निर्णय ग¥यो । कोरोना संक्रमण पुष्टि भएको गण्डकीले त्यो सुविधा पाएन । गण्डकीले यो सुविधा नपाउने भएपछि कोरोना परीक्षणको लागि अन्य प्रदेशकै भर पर्ने अवस्था सृजना भयो ।
संघीय सरकारले गण्डकीलाई नदिए पनि छिट्टै यहाँ परीक्षण सामग्री आउने दावी गरे ।
‘पोखरा, धरान र काठमाण्डौबाहेका अन्य ठाउँमा त्यो मेसिन चलाउन गाह्रो छ, पोखरामा एउटा त आइहाल्छ’, उनले ढोरपाटनसँग भने,‘एक दुई दिनमा आउँछ ।’ गण्डकीमा पुरानै भएको र त्यही चल्छ भनेर अहिले नदिएको र काठमाण्डौमा राखिएको मेसिन नै यहाँ आउने उनले दावी गरे ।
उनले कोरोना रोकथामको लागि भइरहेका कामहरु सोचजस्तो नभएको पनि स्वीकारे । स्थानीय निकायहरुले क्वारेण्टाइन बनाए पनि त्यसको उपयोग नभएकोमा उनको असन्तुष्टी थियो ।
‘पालिकाले क्वारेण्टाइन बनाउने तर त्यहाँ मान्छे नल्याउने कुरामा म सन्तुष्ट छैन क्वारेण्टाइन विदेशबाट आएकाहरुको लागि हो, सबै विदेशबाट आाएका र शंकास्पद व्यक्तिलाई त्यहाँ राख्नुपर्छ’, उनले भने,‘ क्वारेण्टाइन भनेको छ तर त्यसको मापदण्ड पुगेको छैन, डस्ना र तन्ना ओच्छ्यार मात्रै क्वारेण्टाइन हुँदैन ।’ उनले व्यक्ति स्वंय,आफन्त र मानव जातिलाई नै बचाउन यो बेला संयमता अपनाउन सबैसँग आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->