सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

भोकै भएकालाई २ हजार बराबरको राहत बाँड्दै पोखरा महानगर

भोकै भएकालाई २ हजार बराबरको राहत बाँड्दै पोखरा महानगर


  • ढोरपाटन संबाददाता
  • चैत्र १७ २०७६, सोमबार

पोखरा, १७ चैत – पोखरा महागनरपालिकाले लकडाउनका कारण रोजगार गुमाएका अति विपन्न तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहत बाँड्ने भएको छ । महानगरले सोमबार यसको लागि २ करोडको राहत कोष घोषणा गरेको छ ।

महानगरका मेयर मानबहादुर जिसीका अनुसार विपन्न र दैनिक ज्यालादारी गर्नेहरुको दैनिकी कष्टकर यो निर्णय गरिएको हो । ‘हामीले पोखरा महानगरबासी कोही पनि भोकै नहोउन् भनेर यो प्याकेज ल्याएका हौँ’, उनले ढोरपाटनसँग भने,‘ यो प्याकेज हातमुख जोर्न कठिन भएका सबै विपन्न र ज्यालादारी गर्ने नगरबासीको लागि हो, विदेशी नागरिकहरुले पनि यो सुविधा पाउँछन् ।’
उनका अनुसार हातमुख जोर्न कठिन भएका ज्यालादारी र मजदूरहरुको लगत संकलन भने टोल विकास संस्थाले गर्नेछ । मेयर जिसीले टोलका मान्छेलाई को कहाँ बस्छ र उसको अवस्था कस्तो छ भन्ने जानकारी हुने भएकोले यो जिम्मा दिइएको बताए । टोल विकास समितिले सम्बन्धित वडा कार्यालयलाई सिफारिस गरेपछि जनप्रतिनिधिले त्यसलाई प्रमाणित गर्नेछन् ।
‘प्रमाणित व्यक्तिलाई वडाले नै टोकन दिन्छ, हामीले प्रत्येक टोलमा पायक पर्ने ठाउँको पसलबाट सामान लिन सक्ने प्रबन्ध मिलाएका छौँ’, मेयर जिसीले भने,‘ भुक्तानी महानगरले दिनेछ भने, यसमा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले समन्वय गर्नेछन् ।’ खाद्यान्न बिक्रिी केन्द्र मंगलबारसम्म तय गरिने पनि उनले जनाए । राहत प्याकेज २ हजार रुपैयाँ बराबरको हुनेछ ।
सो प्याकेजअन्तर्गत २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल , नुन र एक केजी गेडागुडी हुनेछ । यो पाँच जनाको परिवारलाई बनाइएको प्याकेज हो । छुट्टाछुट्टै बस्नेको हकमा भने उनीहरु पाँच जना मिलेर आउनुपर्ने नियम बनाइएको छ । करिब १० दिनको लागि मात्र यो प्याकेज बनाइएको बताउँदै मेयर जिसीले बुधबारबाट यो प्याकेज कार्यान्वयनमा आउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->