सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था


  • Dhorpatan News
  • चैत्र १८ २०७६, मंगलबार

पोखरा, १८ चैत – गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई आवाससहित भोजनको पनि व्यवस्थापन गर्ने भएको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको व्यस्तता र उनीहरु स्वयंको स्वास्थ्यको ख्याल गर्दै यो निर्णय गरिएको हो । स्वास्थ्यकमीहरुलाई होटलमा राख्ने तयारी गरिएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले यो कुराको पुष्टि गरेको छ । निर्देशनलायले जारी सोमबार जारी गरेको विज्ञप्तिमा चेकजाँच र उपचारमा लाग्ने स्वास्थ्यकर्मीको आवास, खाना, खाजा तथा यातायातको प्रबन्ध प्रदेश सरकारले गर्ने जानकारी गराएको हो । प्रदेश सरकारले स्वास्थ्यकर्मीहरु राख्नको लागि पश्चिमाञ्चल होटल संघसँग १५० वटा कोठा माग गरेको छ ।
बागलुङकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले चिकित्सक, पारामेडिक्स, नर्स तथा अन्य कर्मचारीको नामावली संकलन गरि आवश्यक परेको बेला अनिवार्य ड्युटीमा आउनपर्ने निर्देशन जारी गरेको छ । ज्वरो क्लिनिकमा आएका भर्ना हुनुपर्ने विरामीको लागि मणिपालको आइसोलेसन वार्ड पठाउने भएको छ भने मणिपालको बेड भरिएमात्र गण्डकी अस्पताल ल्याउने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमणको लागि संकलित ३२ नमूनामध्ये एउटा मात्र पोजेटिभ भएको जनाएको छ । बागलुङकी युवतीमा कोरोना पुष्टि भए पनि बाँकी परीक्षण गरिएका २० वटा नमूनामा कोरोना नदेखिएको निर्देशनालयले जनाएको हो । ११ वटाको भने नतिजा आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->