शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संकलन गरिएको १० जनाको स्वाब बागलुङबाट पठाइयो

संकलन गरिएको १० जनाको स्वाब बागलुङबाट पठाइयो

स्पेनबाट आएका काँठेखोला-४ का एक युवाको थ्रेट स्वाब लिने टोली अझै गाउँमा पुगेन


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७६, मंगलबार

बागलुङ, १८ चैत – पाँचौ कोरोना संक्रमित युवतीको दोस्रो थे्रट स्वाव सहित स्वास्थ्य कार्यालय बागलुङले सोमवार संकलन गरेको १० जनाको स्वाब परिक्षणका लागि मंगलवार पोखरा पठाएको छ । गत चैत ४ गते कतार एयरवेजको एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवा, बेल्जियमबाटसंगै आएकी बागलुङ नगरपालिका गौडाकोटकी एक महिला, कुँडुलेकी युवतीका बाबा, हजुरबा, हजुरआमा, फुपु र फुपुका छोरा, छोरी तथा युवतीसंग काठमाडौंबाट बागलुङ बजारसम्मसंगै आएक अदालतरोडका एक युवाको गरी १० जनाको स्वाब काठमाडौं पठाउनका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
कुँडुलेका युवतीको पहिलो स्वाब लिएको एक हप्ता समय भएकोले दोस्रो स्वाब पठाइएको हो । दोस्रो स्वाब नगेटीभ आएमा ४८ घण्टापछि फेरी तेस्रो स्वाव प्रयोगशालामा पठाइने छ । तस्विर: स्वाब लिन पिपिई सेट लगाएर तयार धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी ।

पोखरा पुगेको १० जनाको स्वाव आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइसकिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका निमित्त निर्देशक सपना सुवदीले वताईन । कोरोना भाइरस परीक्षणका लागि आजै आएको पोर्टेबल आरटी पिसिआर (Portable RT-PCR) मेसिन ल्याबमा स्थापना गर्न समय लाग्ने भएकाले काठमाडौं पठाइएको हो ।
चैत ४ गते स्पेनबाट आएका काँठेखोला-४ का एक युवाको थ्रेट स्वाब लिन भने आजै पठाउने तयारी भइरहेको प्रमुख गुरौले वताए । आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा रहेका उनको स्वाब लिन जनस्वास्थ्यलाई खबर गरेको धेरै दिन भइसक्दा पनि स्वास्थ्यकर्मीको टोली अहिलेसम्म आइनपुगेको वडा अध्यक्ष केशर थापाले वताए । स्पेनबाट आएको हुनाले उनको वारेमा विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->