बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारले नदिएपछि आफ्नै खर्चमा पिपिई खरिद

सरकारले नदिएपछि आफ्नै खर्चमा पिपिई खरिद

अस्पतालमा १० बेडको आइसोलेसन, स्थानीय तहमा ५० बेडको क्वारेन्टाइन


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७६, मंगलबार

म्याग्दी, १८ चैत– कोरोना भाइरसको रोकथामका लागि उपचारमा खटिने म्याग्दीका स्वास्थ्यकर्मीलाई सरकारले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) पठाउन ढिलाई गरेपछि जिल्लाका ६ वटै स्थानीय तहले पिपिई खरिद गरेर उपलव्ध गराएका छन् । अस्पताल विकास समिति म्याग्दीको पहलमा स्थानीय तहले आफ्नो खर्चमा पिपिई खरिद गरेका हुन ।
अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार, बेनी नगरपालिकाले १५, रघुगंगाले १७, मालिकाले १४, अन्नपूर्णले ९ र धौलागिरि गाउँपालिकाले ८ थान पिपिई प्राप्त गरेका छन् । बेनी अस्पतालमा ५५ थान पिपिई उपलब्ध गराइएको छ । अस्पतालमा १ सय १० स्वास्थ्यकर्मी र कर्मचारी छन् । अझै ६० थान पिपिईको आवश्यक रहेको र केही दिनभित्र सबैलाई उपलव्ध गराइने अध्यक्ष कटुवालले बताए ।
अस्पतालमा १० बेडको आइसोलेसन
बेनी अस्पतालमा १० बेडको आइसोलेलन स्थापना गरिएको छ । कोरोनाका सम्भावित बिरामीलाई मध्यनजर गर्दै आइसोलेसनको संख्या बढाइएको अस्पताल विकास समितिले जनाएको छ । यसअघि ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको थियो । सो आइसोलेसनमा मंगलबार बिहानसम्म १ जनालाई राखिएको छ । उनको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । यसैबीच, म्याग्दीका ५ वटै गाउँपालिकामा ५० बेड र बेनी नगरपालिकामा २ सय क्षमताको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिईएको छ । कोरोना रोकथामको लागि जिल्ला विपद व्यवस्थापन समितिअन्र्तगत गठित कमाण्ड पोष्टको सोमबार बसेको बैठकले कोरोना भाइरस फैलन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो तयारी गर्न जिल्लामा रहेका स्थानीय तहहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->