सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पोखरामा भयो चार जनाको स्वाब परिक्षण, सवै रिपोर्ट नेगेटिभ

पोखरामा भयो चार जनाको स्वाब परिक्षण, सवै रिपोर्ट नेगेटिभ


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७६, बुधबार

पोखरा, १९ चैत – गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु भएको कोरोना भाइरसको परीक्षण सफल भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको र सफल भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । अहिलेसम्म ४ जनाको स्वाब परीक्षण गरिएको छ । निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माका अनुसार कास्कीका ३ र बागलुङ्का १ जनाको गरिएको स्वाब परीक्षण सफल भएको हो ।
परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ । नयाँ पीसीआर मेशिनले १ घण्टामा १ जनाको कोरोना परीक्षण गर्न सक्छ । कोरोना जाँच्ने पीसीआर मेशिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा जडान गरिएको छ ।
गण्डकी प्रदेशबाट अहिलेसम ४७ जनाको नमूना संकलन गरिएको छ । तीमध्येमा २६ जनाको स्वाब परीक्षणको रिपोर्ट आइसकेको छ । त्यसमा २५ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ रिपोर्ट आएको हो । अन्य २१ जनाको स्वाब परीक्षण हुन बाँकी छ । गण्डकी प्रदेशका ४ जिल्ला लमजुङ्, नवलपुर, मनाङ र मुस्ताङबाट अहिलेसम्म कसैको पनि नमूना संकलन गरिएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->