सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकीमा आएको पिपिईमा गाउन मात्रै ! रोकियो बितरण

गण्डकीमा आएको पिपिईमा गाउन मात्रै ! रोकियो बितरण


  • ढोरपाटन संबाददाता
  • चैत्र २० २०७६, बिहिबार

पोखरा, २० चैत – संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई पठाएको पिपिई (पर्सनल प्रोटेक्टिभ इक्पिमेण्ट) मा लगाउने गाउन्मात्र भेटिएको छ । संघीय स्वास्थ्य मन्त्रालयले पठाएको पिपिई सेटमा गाउन्मात्रै भेटिएपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले यसको बितरण रोकेको छ । पिपिई सेट बुधबार विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा पठाउने तयारी गरिएको थियो । चीन सरकारको सहयोगमा आएको १ हजार थान पिपिई पोखरा आइपुगेको थियो ।
‘हाम्रो जिन्सी शाखाले खोलेर हेर्दा त्यहाँ गाउन् मात्रै भेटियो, यो चीनबाटै नआएको हो कि काठमाण्डौमा छुटेको हो भन्नेबारे हामी बुझ्दैछौँ’गण्डकी स्वास्थ्य निर्देशनलायका स्वास्थ्य शिक्षा प्रशिक्षक तथा सम्पर्क व्यक्ति नवराज शर्माले भने,‘ सामान नै अपुरो आएपछि बाँड्ने काम स्थगित गरिएएको छ । पीपीई सेटमा नाइट्रेलको पञ्जा,  पानी नछिर्ने (वाटर रेजिस्टन्ट) गाउन, जुत्ताको कभर र प्रोटेक्टिभ गगल्स हुन्छ । संघीय सरकारले गण्डकी स्वास्थ्य निर्देशनालयलाई एक हजार थान पिपिईसहित एक सेट पोर्टेबल भेण्टिलेटर,४ सय थान एन–९५मास्क,१० थान आइआर थर्मामिटर र २÷२ हजार थान साधारण पञ्जा र मास्क दिएको जनाएको थियो ।
गण्डकी प्रादेशिक आपतकालीन कार्य संचालन केन्द्रका अनुसार गण्डकीबाट संकलन गरिएको ४७ वटा स्वाबमध्ये बागलुङबाट संकलित एउटाबाहेक २१ वटाको नेगेटिभ रिपोर्ट आएको छ । २५ वटाको भने नतिजा आउन बाँकी छ । कास्कीबाट २२, स्याङ्जाबाट ४,तनहुँबाट १,पवर्तबाट ४,म्याग्दीबाट १ र बागलुङबाट १४ जनाको स्वाब परीक्षणको लागि संकलन भएको थियो । लमजुङ,नवलपुर, मनाङ र मुस्ताङबाट स्वाब परीक्षणको लागि ल्याइएको छैन ।
होम क्वारेण्टाइनमा झण्डै ११ सय
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसँग तनहुँ र स्याङ्जााबाहेक होम क्वारेण्टाइनमा बसेकाहरुको तथ्याङ्क नभएको जनाएको छ । निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा तनहुँमा ५५० र स्याङ्जामा ५३२ जना होम क्वारेण्टाइनमा बसेको जानकारी दिए पनि अन्य जिल्लाको विवरण प्राप्त नभएको जनाएको छ । यद्यपि,सेल्फ क्वारेण्टाइनमा बस्नेहरुको संख्या सोचेभन्दा बढी भएको अनुमान छ । यता,कास्कीमा भएका ११ वटा क्वारेण्टाइनमा ३३,स्याङ्जामा ३०, लमजुङमा ७७,गोरखामा १,म्याग्दीमा ५० र नवलुपरमा ६७ जनामात्रै क्वारेण्टाइनमा बसेको विवरण प्राप्त भएको जनाएको छ । गण्डकीमा कूल ३ हजार ७५४ बेडको क्वारेण्टाइन बनाएकोमा २५८ जना मात्रै क्वारेण्टाइनमा बसेका छन् । यता,मनाङमा ३, गोर्खामा २ तथा म्याग्दी र बागलुङमा गरि कुल ७ जना आइसोलेसन वार्डमा छन् ।गण्डकीमा कास्कीको १११ सहित १७७ वटा आइसोलेसन बेड तयार छन् । सम्भावित कोरोना संक्रमणबाट बचाउन गण्डकीमा १३३ वटा आइसियु र ५४ वटा भेण्टिलेटर पनि तयारी अवस्थामा राखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यता, कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गठित प्रादेशिक आपतकालीन कार्य संचालन केन्द्रको दिनहुँजसो गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले निरीक्षण गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->