आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संक्रमितसँगै कतार एयरवेजमा आएका युवाको रिपोर्ट नेगेटिभ

संक्रमितसँगै कतार एयरवेजमा आएका युवाको रिपोर्ट नेगेटिभ


  • Dhorpatan News
  • चैत्र २० २०७६, बिहिबार

बागलुङ, १९ चैत– चैत ४ गते कतारहुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएका बागलुङको ढोरपाटन नगरपालिकाका एक युवाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनीसँगै प्रान्सबाट कटार ट्रान्जीट आएकी काठमाण्डौकी एक युवती र बेल्जीएमबाट कतारहुँदै नेपाल आएकी बागलुङकी युवतीमा कोरोनाको संक्रमण देखा परेपछि उनको पनि थ्रेट स्वाव परीक्षणको लागि पठाईएको थियो । उनी होम क्वारेन्टाईनमा बस्दै आएका छन् । कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवती परिवारका सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको छ । गत मंगलवार संकलन भएर परीक्षणका लागि पठाईएका ११ मध्ये अव चार जनाको मात्रै रिपोट आउन बाँकी रहेको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ । संक्रमित युवती, उनको परीवारका ७ जना मध्ये हजुरामा, उनिसँगै बेल्जियम बाट आएकी एक महिला र काठमाण्डौबाट आएका एक पुरुषको मात्रै परीक्षणको नजिता आउन बाँकी छ । अरु सबै सात जनाको रिपोट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->