`

राहत कोषमा ७ लाख ६५ हजार सहयोग


  • ढोरपाटन संवाददाता
  • बिहिबार, चैत्र २०, २०७६

पोखरा, २० चैत– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिले बिहीबारसम्म ७ लाख ६५ हजार ६ सय ५५ रुपैंयाँ सहयोग गरेका छन् । कोरोनाको संक्रमणलाई फैलिन नदिन सरकारले गरेको लगडाउनको समयमा समस्यामा परेका अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने लगायतलाई राहत वितरण गर्न गत चैत १७ गते २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरी विभिन्न संघ संस्था र आम नागरिकलाई सहयोग गर्न आह्वान गरेको थियो ।
महानगरको राहत कोषमा एनआइसी एसिया बैंकले २ लाख, कोअपरेटिभ मानेजर्स क्लबबाट १ लाख ११ हजार ३ सय ३३, मेजर चन्द्रबहादुर पुनले ५० हजार, नाट्टा प्रादेशिक संघ गण्डकीले ५० हजार, कञ्चन बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाबाट ३३ हजार २ सय ११, करुणा बचत तथा ऋण सहकारी संस्था ३० हजार सहयोग गरेका छन् । परिचय बचत तथा ऋण सहकारी संस्थाले २५ हजार, मित्रमिलन कृषि सहकारीले २५ हजार, मित्रमिलन सहकारीका अध्यक्ष रमन पौडेलबाट १० हजार, हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी (साकोस) २० हजार सहयोग गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।
यस्तै, मान्द्रेढुंगा बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाबाट २० हजार, समृद्धि सहकारी संस्थाले २० हजार, टुकुचे बचत तथा ऋण सहकारी संस्था २० हजार, पोखरा १४ फनपार्कका तारानाथ आचार्यले २० हजार, सर्वहीत बचत तथा ऋण सहकारी संस्था १५ हजार, सुदृढ परियोजना पोखरा महानगरपालिकाका कर्मचारीबाट १५ हजार सहयोग प्राप्त भएको छ । गण्डक बचत तथा ऋण सहकारी संस्था ११ हजार १ सय ११, मासबार आमा समूहबाट ११ हजार १ सय ११, पाल्पाली बहुउद्देश्यीय सहकारीबाट १० हजार, बाराही कृषि सहकारी संस्था १० हजार, नागरिक समाजका अगुवा रामबहादुर पौडेलबाट १० हजार, लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था १० हजार, गन्तव्य अन्नपूर्णबाट १० हजार, किसान जागरण बहुमुखी सहकारीबाट ९ हजार, बाराही कृषि सहकारी संस्थाका अध्यक्ष तारा बरालले १ हजार सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology