शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

३५ घरपरिवारलाई खत्रीले गरे राहत वितरण

३५ घरपरिवारलाई खत्रीले गरे राहत वितरण


  • ढोरपाटन संबाददाता
  • चैत्र २१ २०७६, शुक्रबार

गलकोट, २१ चैत – गलकोटका युवा व्यवसायी केहरसिंह खत्रीले राहत वितरण गरेका छन । विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरसको कारण नेपाल सरकारले लकडाउन गरेको वेला घर वाहिर निस्कन नपाईने, साथै ज्याला मजदुरी गर्न नपाउने भएका कारण गलकोट नगरपालिका वडा नम्वर १ भित्र वसोवास गर्ने गरीव ,अशक्त तथा अति विपन्न ३५ घरपरीवारलाई खत्रीले १ लाख वरावरको खाद्य सामग्रि वितरण गरेका हुन ।
वडा अध्यक्ष नेत्रवहादुर वुढाथोकि र केहरसिंह खत्री सहितको टोलीले राहात वितरण गरीएको थियो । कोरोना भाईरस कोभिड १९ वाट वच्नका लागि तथा न्युनिकरण गर्नको लागि माईकिङ पनि गरीएको थियो । दुखको वेलामा गरीव अशक्त तथा अति विपन्न परीवारलाई सहयोग गरेको भनि युवा व्यवसायि केहरसिंह खत्रीलाई गलकोट नगरपालिका वडा नम्वर १ वडा कार्यालयले धन्यवाद ज्ञापन गर्दै कोरोनावाट वच्न सतर्कता अपनाउन वडा वासिमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->