सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कास्कीमा कोरोना पोजेटिभ देखिए पछि पुनः परीक्षणका लागि टेकु पठाइयो

कास्कीमा कोरोना पोजेटिभ देखिए पछि पुनः परीक्षणका लागि टेकु पठाइयो


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७६, शुक्रबार

पोखरा, २१ चैत– नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै (शुक्रबार) भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको एक उच्च अधिकारीले बताए ।

यता स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले पोखरा स्वास्थ्य निर्देशनालयबाट पठाएको स्वाबको रिपोर्ट नआएको र कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् । ढोरपाटनले जानकारी लिन खोज्दा प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले यो सूचना झुठो रहेको बताए ।

चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->