सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

महानगरको कोषमा प्याब्सनको ५ लाख

महानगरको कोषमा प्याब्सनको ५ लाख


  • ढोरपाटन संबाददाता
  • चैत्र २१ २०७६, शुक्रबार

पोखरा, २१ चैत – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा शुक्रबार निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ५ लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी नेतृत्वको टोलीले महानगरका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेको हो ।

प्याब्सनले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम महानगरको कोषमा सहयोग गरेको प्याब्सन कास्कीका पूर्व अध्यक्ष केसीले बताए । महानगरले थालेको अभियानमा प्याब्सनले साथ दिन सहयोग गरेको प्याब्सन कास्कीका अध्यक्ष सुवेदीले बताए । महानगर प्रमुख मानबहादुर जिसीले संकटको बेला प्याब्सनले गरेको सहयोग सह्रानीय भएको बताए । शुक्रबार कुँडहर बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, पोखरेली ख्रिस्टिय समुदायले २५ हजार, असल छिमेकी नेपाल पोखरा सिम्पानीले २५ हजार सहयोग सहयोग गरेका छन् । शुक्रबारसम्म कोषमा १४ लाख २७ हजार ७ सय ६६ रुपैयाँ संकलन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->