आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एम्बुलेन्स चालक हराएपछि खुलेको चेत…

एम्बुलेन्स चालक हराएपछि खुलेको चेत…

कोरोना संक्रमणबाट बच्न एम्बुलेन्स चालकलाई तालिम


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७६, शुक्रबार

बागलुङ, २१ चैत– कोरोना भाइरसबाट संक्रमण भएकी बागलुङकी एक महिलालाई अस्पतालमा भर्ना गरेर उपचार गराउने तयारी भएपछि बोलाइएको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सले बिरामी बोक्न नमानेको विषय यतिबेला चर्चामा छ ।
यो चर्चाले अन्य स्वास्थ्य क्षेत्रका सवारी र एम्बुलेन्सको अबस्था पनि त्यस्तै हुनेमा धेरैको चासो बढ्यो । आवस्यक तालिम र सुरक्षा सामाग्री नभएकोले उक्त घटना भएको हुन सक्ने उच्च सुरक्षा तहमा ठहर भएपछि सदरमुकाममा तालिम संचालन भएको छ ।
उपलब्ध एम्बुलेन्स चालकका लागि नेपाली सेनाको २३ नम्बर बाहिनीअन्र्तगतको फिए गुल्मले शुक्रबार ७ जना चालकलाई तालिम दिएको छ । सेनाले उच्च सर्तकताका लागि अपनाउनुपर्ने उपायबारे सिकाएको अञ्चल अस्पतालका अध्यक्ष केवी रानामगरले बताए । सर्तकताको अभावका कारण बिहिबारको घटना भएको उनले बताए । ‘रेडक्रसका अध्यक्ष पाको भएर पनि कच्चा काम गर्नुभएको रहेछ’ रानाले भने, ‘सुरक्षाको ग्यारेन्टी त दिनैपर्छ ।’ चालकले नियुक्ती नपाएको भन्दै काम नगरेको घटनामा भने रेडक्रसले कमजोरी स्विकार गरेको छ ।
कोरोना संक्रमणबाट बच्ने र संक्रमणको बेला सुरक्षित रहन लगाउनुपर्ने पिपिई लगायतबारे चालकलाई तालिम दिएको हो । संक्रमितको स्वाब संकलन गर्दा ओरिजिनल पिपिई चाहिन्छ भने चालक भएर सवारी साधनमा ल्याउनका लागि सामान्य खालको पिपिइ भएपनि हुने चिकित्सकले बताए । प्रत्यक्ष सम्पर्क नगर्नेका लागि चाहिने पिपिई विभिन्न दाताबाट अस्पतालमा पनि आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->