आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

काठेखोला-२ का अध्यक्ष शर्मा पुगे घरघरमा

काठेखोला-२ का अध्यक्ष शर्मा पुगे घरघरमा

कोरोना संक्रमित महिलाका आफन्तहरुको ट्रेसिङ थालियो


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७६, शुक्रबार

बागलुङ, २१ चैत– जिल्लाको काठेखोला गाउँपालिका-२ भीमापोखराका वडाध्यक्ष बिद्यापति शर्मा शुक्रबार बिहानै छिमेकी गाउँ दपासा पुगे । अरु बेला वडाका काम बोकेर गाउँमा डुल्ने शर्मा अहिलेभने कोरोना संक्रमण रोक्ने ध्याउन्नमा छन् ।
बेज्लियमबाट कतारहुँदै नेपाल आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग भेटघाट गरेका भीमापोखराको दपासा गाउँमा रहेका आफन्तलाई भेटर वडाध्यक्ष शर्माले सतर्क रहन आग्रह गरेका छन् । ‘दपासाका आफन्तहरु संक्रमित महिलाको घरमा १ दिन बास बसेर आउनु भएको रहेछ’ उनले भने ‘अनि हामीले उहाँहरुलाई होम क्वारेन्टाइनमा राखेका छौँ ।’ गाउँमा रहेका कोही पनि बृद्धा र बालबालिका समस्यामा नरहेको भएपनि सजगता अपनाउन क्वारेन्टाइनमा राखिएको शर्माले बताए ।
जिल्लामा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएपछि सतर्कता बढेको छ । गौडाकोटकी संक्रमित महिलाको सम्पर्कमा आएकाहरुको पनि खोजी सुरु भैसकेको छ । उनी बिदेशबाट आएको जहाज, नेपाल आईसकेपछि काठमाण्डौ, पोखराहुँदै बागलुङ आउँदा सँगै आएका सबैको फोन ट्रेसिङ यसअघिनै भैसकेको छ ।
‘उहाँहरु घरमा आएपछि को–कोसँग सम्पर्कमा रहनुभो भन्ने कुराको खोजी भैरहेको छ’ जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने ‘लकडाउन भएकोले धेरै बाहिर ननिस्केको भेटियो, परिवार र आफन्तको हाम्रा साथीहरुले ट्रेसिङ थाल्नुभएको छ ।’ प्रारम्भिक जानकारी अनुसार, गत चैत ५ गते यता संक्रमित महिला १८ जनासँग सम्पर्कमा आएको भेटिएको छ । उनीहरु सबैलाई उच्च सतर्कताका साथ होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको गुरौले बताए । ‘तीन जना आफन्त उहाँको घरमा आउनु भएको जानकारी छ’ गुरौले भने ‘बास बसेर फर्केपछि कहाँ-कहाँ, को–कोसँग पुग्नुभयो भन्ने कुराको खोजी भैरहेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->